सुचना, समाचार र मनोरन्जन

आजबाट ‘दि भ्वाइस अफ नेपाल ३’ ब्लाइन्ड अडिसन प्रशारण हुँदै

काठमाडौँ /

 गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–३’ शुक्रबारबाट सुरु हुने भएको छ । आज बेलुकी ८ बजेबाट यो शो प्रशारण हुन लागेको हो ।

हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिवार कार्यक्रम प्रसारण हुने कार्यक्रम निर्देशक लक्ष्मण पौडेल जानकारी दिए । आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ ।

हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरूले ब्याटल राउन्डमा प्रतिस्पर्धा गर्ने निर्देशक पौडेल जानकारी दिए । यो बर्ष शोको निर्णायकमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ रहेका छन् ।

टिममा चर्चित गायिका तृष्णा गुरुङ भित्रिएकी छिन् भने आस्था राउत बाहिरिएकी छन् ।

कमेन्ट्स
Loading...