कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् । उनीहरुले राजीनामा दिनुको कारण खुल्न सकेको छैन । राजीनामा दिए संगै मन्त्रिपरिषदमा दुई जना नयाँ मन्त्री थपिने भएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका गोपाल शर्मालाई मन्त्री नियुक्तिका लागि सिफारिस गरेका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले बुधबार पदबाट राजीनामा दिएको जनाइएको छ। राजीनामा दिनेहरु माओवादी केन्द्रका मन्त्रीहरु हुन् ।
मन्त्रीहरुको बुधबार नै सपथ हुने स्रोतको भनाइ छ । गत वैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका थिए ।
