सुचना, समाचार र मनोरन्जन

कास्कीबाट अवैध लागूऔषध गाँजा सहित एक पक्राउ

  •  
  •  
  •  
  •  

कास्की /

प्रहरीले पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित एकजना पक्राउ परेको छ ।  पक्राउ पर्नेमा सोही महानगरपालिका-८ बस्ने पाल्पा माछागढी गाउँपालिका-१ घर भएका २१ वर्षीय अजय घर्ती मगर रहेका छन् । प्रहरीले  उनलाई शनिबार राति पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा १ ख ९७१५ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...