सुचना, समाचार र मनोरन्जन

कोरोना महामारी बिच पोखरामा जेसीज सप्ताह असोज ५ बाट

सन्तोष बस्याल

पोखरा / 

पोखरा लेडी जेसीजले जेसीज सप्ताह मनाउने भएको छ । कोरोना महामारीको समय भएकाले यसपाली जेसीज सप्ताह अनलाइनमार्फत गरिने जानकारी गराइएको छ । आइतबार अनलाइनमाध्यम आयोजना गरिएको पत्रकार सम्मलेनमा उक्त जानकारी गराइएको हो ।

कार्यक्रम असोज ५ गतेदेखि ११ गतेसम्म हुनेछ । पहिलो दिन जुममार्फत उद्धाटन कार्यक्रम रहेको पोखरा लेडी जेसीजकी अध्यक्ष जेसी शोभा भूजेलले जानकारी गराइन् । उनका अनुसार सो अवसरमा ‘समृद्धीका लागि प्रभावकारी नेतृत्व’ विषयमा विद्यालय स्तरिय वकृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ ।

सप्ताहको दोस्रो दिन पोखरा–१८ सेदीबगरमा रहेको बाल सुधार गृहमा सहयोग हस्तान्तरण कार्यक्रम राखिएको छ । तेस्रो दिन जुममार्फत महिला दिदीबहिनीहरुलाई लक्षित गरि सीपमूलक तालिम सञ्चालन गरिने उल्लेख गरिएको छ । चौथो दिन पोखरा–६ जरेबरस्थित क्रिष्टल मन्टेश्वरीमा चित्रकला प्रतियोगिता आयोजना हुनेछ ।

पाचौं दिन ‘समृद्धीको रहर, कोरोना कहर’ विषयक अन्र्तक्रिया कार्यक्रम जुममार्फत गरिने अध्यक्ष भूजेलले बताइन् । छैटौं दिन पोखरा–३० मोहोरियाटोलस्थित सरुवा तथा संक्रामक रोग अस्पताल लेखनाथमा आइसोलेसनमा रहेर उपचाररत कोरोना संक्रमितहरुलाई सामग्री वितरण गर्ने कार्यक्रम तय भएको छ । अन्तिम दिन नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री वितरण गरिने र सोहि दिन साँझ जेसीज सप्ताह समापन कार्यक्रम गरिने उनले बताइन् ।

कार्यक्रमलाई सफल बनाउन पोखरा लेडी जेसीजकी उपाध्यक्ष जेसी सुनिता थापालाई संयोजक तोकिएको छ ।

कमेन्ट्स
Loading...