सुचना, समाचार र मनोरन्जन

दुई महिना पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने खनाल-नेपाल समूहको निर्णय

‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा

काठमाडौं /

 नेकपा एमालेको माधवकुमार नेपाल समूहले दुई महिने ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । शनिबार राजधानीमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्यलाई ६ महिना निलम्बन गरेपछि नेपाल समूहले स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको थियो । बैठकले केहीदिन अघि राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई ध्यानमा राखेर पुस्तक प्रकाशन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सो पुस्तक पार्टीका तल्ला तहसम्म वितरण गरेर प्राप्त सुझावका आधारमा अघि बढिने पनि भएको छ ।यो अभियान पार्टी एकताको रक्षाका लागि भएको उनले बताए । एमालेको एकता संकटमा रहेको भन्दै उनले भने, ‘आजको बैठकले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको छ ।’ यस्तै आगामी जेठ ३ गते मदन–आश्रित जयन्ती चितवनमा मनाइने निर्णय पनि भएको छ ।

कमेन्ट्स
Loading...