सुचना, समाचार र मनोरन्जन

नेपालले मलेसियालाई दियो २१८ रनको लक्ष्य, करनको आक्रामक ब्याटिङ

काठमाडौं /

 घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले मलेसियालाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनायो । करण केसीले आक्रामक ब्याटिङ गर्दै ४५ रन जोड्ने क्रममा ७ छक्का प्रहार गरे ।

सातौं नम्बर ब्याटिङ गरेका करनले मात्र १३ बलमा ७ छक्को मद्दतमा ४५ रन बनाएपछि नेपालले दोस्रो खेलमा २ सय रनको आकडा पार गरेको थियो ।

यस्तै ओपनर आसिफ शेखले ३२ बल खेल्दै ३ चौका र ३ छक्का मद्दतमा ४२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २५ बल खेल्दै १ चौका र ४ छक्का मद्दतमा ४१ रन जोडे । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए ।

डेब्यूसहित अघिल्ला ३ खेलमा लगातार अर्धशतक बनाएका कुशल भुर्तेल १६ रनमा आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

मलेसियाका लागि अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई–दुई विकेट लिए । त्यस्तै मोहम्मद आफिकले एक विकेट लिए ।

कमेन्ट्स
Loading...