सुचना, समाचार र मनोरन्जन

पोखराको सेतीखोचमा खसेका २० वर्षीय युवाको मृत्यु, कास्कीमा थप एक शव फेला

  •  
  •  
  •  
  •  

पोखरा /

पोखराको सेतीखोचमा खसेका एक युवाको मृत्यु भएको छ । पोखराको चाइना पुल नजिक सेतीखोचमा खसेका करिब २० बर्षका एक युवाको प्रहरीको रेस्क्यू टिमले उद्धार गरी अस्पताल पुराएसंगै अस्पतालले उनलाई मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।

चाइना पुल नजिकैको खोचमा मान्छे खसेको स्थानियले प्रहरीलाई खबर गरे पछि आज विहान प्रहरीको टोलीले उनको उद्धार गरी उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान)पोखरामा पुराएको थियो। उनको शव हाल प्रतिष्ठानको शवगृहमा राखिएको छ । उनको हालसम्म परिचय नखुलेको प्रहरीले जनाएको छ ।

यसैबिच, कास्कीको मर्दीखोला दोभानमा एक बृद्ध मृत अबस्थामा भेटिएका छन्। पोखरा १९ स्थित रैकर सिम्लाथर बस्ने ७० वर्षका टेकनाथ पौडेल घर देखि करिब दुई किलोमिटर टाडाको दुरीमा पर्ने मर्दीखोलाको दोभानको पुल नजिकै मृत अबस्थामा भेटिएको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

विहान करिब ४ः०० बजे घरबाट निस्केका पौडेल शुक्रबार विहान करिब ६ः३० बजे पुल नजिकै मृत अबस्थामा भेटिए पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट्स
Loading...