सुचना, समाचार र मनोरन्जन

कास्कीको रूपा गाउँपालिकामा १५ शैय्याको अस्पताल बन्ने

काठमाडौं ।

देशका विभिन्न स्थानीय तहका जनतालाई स्वास्थ्य सेवा सहज बनाउने लक्ष्य सहित संघीय सरकारले तय गरेको  ‘१५ शैय्याको अस्पताल’ निर्माण कार्यक्रम रूपा गाउँपालिकामा पनि सुरु भएको छ ।

सरकारको यही कार्यक्रमअनुसार कास्कीको रूपा गाउँपालिका वडा नं. ६ भिरचोकमा ९ रोपनी क्षेत्रफलमा उक्त अस्पताल निर्माण हुने भएको हो ।

अस्पतालको गाउँपालिका अध्यक्ष एवं प्रमुख अतिथि नवराज ओझाले आज एक कार्यक्रमका साथ सिलन्यास गरेका छन् ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं.६ का अध्यक्ष नारायण गुरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रूपा गाउँपालिकाका पदाधिकारीहरु, सबै वडाका वडाअध्यक्षहरु सहित सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त सिलन्यास कार्यक्रममा बोल्द प्रमुख अतिथिसमेत रहेका ओझाले हाल ५ सैय्या सञ्चालनमा रहेको र थप ५ सैय्या ३ महिनामा सञ्चालनमा ल्याउने गरि काम हुने र बाँकी ५ सैय्या २ वर्षभित्र तयार गरिसक्ने गरि नवीन कार्यको सुरुवात हुनु रूपाबासीको ठुलो प्राप्ति भएको बताए ।

दुई तलाको भवन निर्माण गर्न करिब १८ करोड कुल लागत लाग्ने बताइएको छ ।

कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत सन्तोष ढुङ्गानाले संचालन गरेको कार्यक्रममा स्वास्थ्य प्रमुख रामचन्द्र ओझाले कार्यक्रमको औचित्यमाथी प्रकाश पारे । तुल बहादुर गुरुङ, सहाबक्स मिया, दयासागर पौडेल, गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ आफ्नो धारणा र स्वागत मन्तव्य राखेका थिए ।

कमेन्ट्स
Loading...