काठमाडौं :
सौगात मल्ल र दयाहाङ राई अभिनिति फिल्म ‘२ नम्बरी’को नयाँ प्रदर्शन मिति तय भएको छ । निर्माताले मंगलबार दुई नयाँ पोस्टर रिलिज गर्दै आगामी असोज २१ गतेलाई मिति फाइनल गरेका हुन् ।
यसअघि निर्माण पक्षले यो फिल्मलाई कात्तिक ४ गते हुने प्रदर्शन गर्ने बताएको थियो तर, फिल्मका सबै काम सकिएका कारण अगाडी नै प्रदर्शन मिति सारिएको हो । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार मंसिर ४ गते हुने प्रदेश सभा अन्तर्गतको चुनावमा उनी उम्मेदवारी दिने भएका कारण फिल्मलाई अगाडी नै प्रदर्शन गर्न लागिएको हो ।
दीपेन्द्र लामा निर्देशित फिल्ममा उपासनासिंह ठकुरी र उगेन छोदेनको मुख्य भूमिका रहेको छ । उगेन भुटानी अभिनेत्री हुन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्मले मित्रताको कथा पेश गर्छ । दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माता हुन् ।
कोरोना महामारीको कारण छायांकन प्रभावित भएको ‘२ नम्बरी’ कलाकार र स्क्रिप्टमा केही हेरेफेर गर्र्दै सुटिङ भएको थियो । अहिले यो फिल्मको रिलिज मिति घोषणा भएसँगै निर्माण टिम प्रचारप्रसारमा समेत जुटेको छ ।
