सुचना, समाचार र मनोरन्जन

दया र सौगात अभिनित ‘दुई नम्बरी’को टिजर सार्वजनिक

काठमाडौं :

दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक भएको टिजरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङलाई देख्न सकिन्छ ।

आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्ममा गाउँको परिवेशमा कमेडी कथा बुनिएको फिल्मले मित्रताको झल्काउँछ । दयाहाङ र उगेन तथा सौगात र उपासनाको जोडी बाँधिएको यो फिल्ममा रोमान्स र मानवीय अन्तरद्वन्द्व कथा देखाउन खोजिएको छ ।

यो फिल्म भुटानी अभिनेत्री उगेनको यो डेब्यु नेपाली फिल्म हो । दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माता हुन् । पूर्वनिर्धारित मिति असोज कात्तिक ४ बाट फिल्म सरेर अगाडी आएको हो ।

कमेन्ट्स
Loading...