सुचना, समाचार र मनोरन्जन
Election Commission V2

‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक

काठमाडौं :

दीपेन्द्र लामा निर्देशित फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रेलर रिलिज गरिएको हो ।

आगामी असोज २१ गते प्रदर्शनको तयारीमा रहेको फिल्मको ट्रेलरमा रोमान्स, कमेडी, एक्सन रहेको बुझ्न सकिन्छ ।ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङकै वरिपरी घुमाइएको छ । यस फिल्म दयाहाङ र उगेनको जोडी बाँधिएको छ भने सौगात र उपासना रहेका छन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्मलाई अपेक्षित रुपमा हेरिएको छ ।

निर्देशक दीपेन्द्र लामाले यस अघि ‘घामपानी’,गोपी, र ‘छ माया छपक्कै’ निर्देशन गरेका थिए । यस फिल्मको निर्मातामा गण्डकी प्रदेशका खेलकुदमन्त्री समेत रहेका दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ छन् ।

कमेन्ट्स
Loading...