सुचना, समाचार र मनोरन्जन

एमाले भित्रको विवाद : नेपाल – खनाल पक्षको स्थायी कमिटी बैठक बस्दै

११ बजेदेखि समानान्तर कमिटीमा रहेका जिल्लाका पदाधिकारीहरूसँग भर्चुअल रूपमा छलफल । ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय । ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने । छलफलपछि प्राप्त सुझावको आधारमा अब कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउने ।

काठमाडौं /

नेकपा एमालेको माधव –झलनाथ नेपाल पक्षका स्थायी कमिटीको बैठक बस्दै छ । आज बिहान ११ बजेदेखि समानान्तर कमिटीमा रहेका जिल्लाका पदाधिकारीहरूसँग भर्चुअल रूपमा छलफल गर्न लागिएको हो ।

विहीबार र शुक्रबार गरी माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । उनका अनुसार केन्द्रीय कमिटी बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

एमालेमा आन्तरिक विवाद चुलिरहँदा नयाँ पार्टी खोल्ने या संस्थापन पक्षसँगको संघर्षलाई जारी राख्नेबारे नेपाल पक्षमा दुई धार छ ।

नेपाल समूहका एमाले नेता युवराज ज्ञवालीले २०७५ जेठ २ को अवस्थामा पार्टीलाई फर्काएर मात्र नहुने बरु ओलीले संसद विघटन गल्ती थियो भनेर आत्मालोचना पनि गर्नुपर्ने बताएका छन्।

केही दिनयता चरणवद्ध रूपमा गरिँदै आएको छलफलपछि प्राप्त सुझावको आधारमा अब कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउने नेपालको तयारी रहेको बताइएको छ ।

कमेन्ट्स
Loading...