सुचना, समाचार र मनोरन्जन

ज्योतिष हेराएर सार्वजनिक गरियो ‘ए मेरो हजुर ४’ को टिजर

काठमाडौ । जोतिषलाई हेराएर अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ को टिजर सार्वजनिक भएको छ । शुक्रबार विहान १०ः३५ मिनेटमा ज्योतिषको सल्लाह अनुसार फिल्मको टिजर सार्वजनिक गरेको हो ।

अघिल्लो हप्ता नै फिल्मको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिको भएता पनि सबै कुरा मिलेको थिए । त्यसैले जोतिषले शुक्रबार विहानको समय उक्त भनेपछि निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । सार्वजनिक भएको टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाउन खोजिएकोे छ ।
कोरोनाको त्रास र देशभर लागेको लकडाउनका कारण फिल्मको प्रदर्शन मिति सर्दै आएको थियो । चैत २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेको यस फिल्मका निर्माण टिमले बैशाख १ गतेलाई रिलिज डेट सारेको छ । यसै मितिमा बलिउडका दुई फिल्म ‘लाल सिंह चढ्ढा’ र ‘केजिएफ २’ आउने तयारीमा रहेका छन् ।

यि दुई फिल्म हलमा आउने भएपछि ‘ए मेरो हजुर ४’ जुध्ने भएको छ । बलिउड फिल्मसँग भाग्दै आएका नेपाली फिल्मले अब बलिउडसँग भिड्ने भएको हो । अहिले रिलिज भएको फिल्म ‘चपली हाइट३’ साउथ फिल्म ‘पुष्पा’सँग डराएर आजबाट रिलिज भएको छ । गत पुष २ गते ‘पुष्पा’ रिलिज हुने भएपछि ‘चपली हाइट३’ भाग्दै भाग्दै आजबाट प्रदर्शनमा आएको हो ।

सुहाना इन्टरटेन्मेन्टको प्रस्तुती र सुनिल कुमार थापा प्रोडक्सनले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । फिल्ममा झरना स्वयंको कथा रहेको छ भने पटकथा र संवादमा उनलाई स्वं. छेतन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतिक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । सञ्जय लामाले खिचेको फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । यस अघिको यो फिल्मको सिक्वेलले बक्स अपिसमा राम्रै आर्थिक कलेक्सन गरेको थियो ।

कमेन्ट्स
Loading...