सुचना, समाचार र मनोरन्जन

आँचल शर्माको व्यस्तता : फिल्म सुटिङदेखि प्रमोसनसम्म

काठमाडौं :

फिल्म ‘डिग्री माइला’को प्रदर्शन मिति नजिकिदै गर्दा आँचल शर्माको व्यस्तता पनि बढेको छ। फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन चलिरहेको बेला यता डिग्री माइलाको पनि प्रमोसन गर्नुछ। यो फिल्म सकिनासँथ उनी मिलन चाम्सको निर्देशनमा बन्ने फिल्म ‘वर एण्ड बधु’को छायांकनमा व्यस्त हुनेछिन्।

उनी यति फिल्ममा मात्रै सिमित छैनन। यसपछि उनी फिल्म ‘पिताम्बर, दुःखी आत्मा’ पनि व्यस्त हुनेछिन्। अझ भर्नौ उनलाई सेड्युल मिलाउनै गाह्रो देखिन्छ।

बिहिबार पोखरामा सुटिङ भइरहेको फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन थाति राख्दै ‘डिग्री माइलाको प्रमोसनमा काठमाडौं आइन्। उनी आएर पत्रकारसामु आफु ढिला आउनुको कारण बताउँदै उनले माफी मागिन्।

उनी आफ्नो व्यस्ततामा खुशी रहेको बताईन। ‘अहिले मलाई आफ्नो व्यस्तता देखेर मज्जा आइरहेको छ,’उनले पत्रकारसामु भनिन्,‘मैले आफूलाई मन परेको काम गरिरहेको छु भन्ने कुराले आनन्दको अनुभुती दिइरहेको छ ।’

Leave A Reply

Your email address will not be published.