काठमाडौं :
विकाराज आचार्य निर्देशित फिल्म ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले बिहिबार फिल्मको ट्रेलर रिलिज गरेको हो। तीन मिनेट लामो ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडका साथै सांगीतिक शैलीमा प्रस्तुत छ ।
निर्देशक आचार्यले फिल्ममा ड्रामा र एक्सन दृश्यले समेत भरिपूर्ण मनोरञ्जन दिन खोजेको बुझिएको छ । सार्वजनिक भएको ट्रेलरमा फिल्मका मुख्य कलाकार आशिर्वाद क्षेत्रीलाई शीर्ष भूमिकामा प्रस्तुत गरिएको देख्न सकिन्छ ।

बैशाख १ गते रिलिज हुने यस फिल्मको ट्रेलरमा आशिर्वाद र आँचललाई रोमान्टिक जोडीको रुपमा प्रस्तुत भएका छन्। फिल्ममा आँचल र आशिर्वादका अलवा सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीसहित अन्य बाल कलाकारलाई पनि चित्रण गरिएको छ । फिल्मलाई विकास आचार्य र विष्णुमणि दाहालले निर्माण गरेको हुन् ।