काठमाडौं । आगामी असार १ गते प्रदर्शन हुन लागेको फिल्म ‘आदिपुरुष’ ट्रेलर सार्वजनिक भएको छ । ब्लकबस्टर ‘तानाजी : द अनसंग वारियर’पछि निर्देशक ओम राउतको अर्को फिल्म ‘आदिपुरुष’को ट्रेलर रिलिज भएको हो । तीन मिनेटभन्दा लामो यो ट्रेलरमा राघवको भूमिकामा प्रभास, जानकीको भूमिकामा कृति सेनन, लक्ष्मणको चरित्रमा सन्नी सिंह र लंकेशको भूमिकामा सैफअली खान छन् ।
भारतिय मिडियाका अनुसार फिल्म ‘आदिपुरुष’ हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम लगायत ५ भाषामा रिलिज हुनेछ । यसको ट्रेलर भारतमा मात्रै नभई क्यानडा, अष्ट्रेलिया, अमेरिका, बेलायत, मलेसिया, न्युजिल्यान्ड, सिंगापुर, रुस, इजिप्ट र अन्य ७० क्षेत्रमा एकैसाथ रिलिज गरिएको छ ।