सुचना, समाचार र मनोरन्जन

दया र आँचल अभिनित ‘डिग्री माइला’को बुकिङ खुल्यो

काठमाडौं :

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’को बुकिङ खुलेको छ। बुधबारदेखि देशभरका हलमा बुकिङ खुल्ला गरिएको हो।
क्यूएफएक्सले काठमाडौं उपत्यकामा २४ र बाहिरका हलमा ३६ शोज गरि देशभरका हलमा ६० शोज दिएको छ।

यता बीग मुभिजले फिल्मलाई १० शोज उपलब्ध गराएको छ। वान सिनेमाज् नयाँ बानेश्वरले ९ शो, कालिमाटीमा रहेको वान सिनेमाज्ले ७ शोज दिएको छ भने चाबहिलमा रहेको एफक्यूबले ९ शोज उपलब्ध गराएको छ। यसै गरि देशभरका मल्टिप्लेक्सले यो फिल्मलाई १ सय ६० शोज उपलब्ध गराएका छन् ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, कमलमणी नेपाल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ । यो फिल्म सहित अर्को नेपाली फिल्म ‘द रेड सुडकेस’प्रदर्शनमा आउदैछ ।

यो फिल्मलाई क्यूएफएक्सले कम शो दिएपछि निर्माण पक्षले यसमा नचलाउने भन्दै विज्ञप्ती जारी गरिसकेको छ। यस कारण पनि फिल्म ‘डिग्री माइला’लाई फाइदा पुगेको हो।

Leave A Reply

Your email address will not be published.