सुचना, समाचार र मनोरन्जन

दर्शकले रुचाए अक्षयको ‘बच्चन पाण्डे’को ट्रेलर

एजेन्सी । शुक्रबार अभिनेता अक्षयकुमार अभिनित फिल्म ‘बच्चन पाण्डे’का ट्रेलर रिलिज भएको छ । यो फिल्मको ट्रेलरलाई अभिनेता अक्षयले आफै समाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् ।

ट्रेलर हेर्दा यो फिलम एक्सन कमेडी बिषयमा बनेको फिल्ममा अक्षयले ‘ग्याङस्टार ‘बच्चन पाण्डे’को भूमिका निर्वाह गरेका छन् । ३ मिनेट ४२ सेकेन्डको ट्रेलरमा कमेडी र एक्सन थुप्रै समेटिएका छन् । फरहान सामजीले निर्देशन गरेको फिल्ममा अक्षयको अलवा ज्याकलिन फर्नाडिस र कृति सेननको मुख्य भूमिका छ ।

यो फिल्ममा देखाइएको अक्षयको लुक्स निकै आकर्षक देखिएको छ भने उनका फ्यानहरुले निकै मन पराएका छन् । साजित नाडियाडवालाले निर्माण गरेको यो फिल्म १८ मार्चमा रिलिज हुँदैछ ।

https://www.instagram.com/p/CaGzONtpnT7/

कमेन्ट्स
Loading...