सुचना, समाचार र मनोरन्जन

एलिनाको ‘कट्टा हान्दिन्छु’ ट्रेण्डिङ वानमा

काठमाडौं :

गायिका एलिना चौहानको चर्चा पछिल्लो समय विभिन्न कारणले भइरहेको छ। कहिले प्रेम टुटेको कुराले त कहिले गीत संगीतले। यस साता भने नयाँ गीतले सामाजिक सञ्जालदेखि युटुबमा खुब चर्चाको विषय बनेको छ।

यसै साता युटुबमा सार्वजनिक भएको गीत ‘कट्टा हान्दिन्छु’शिर्षस्थानमा आइपुगेको छ। एलिना चौहान र खेम सेञ्चुरीको गीत ‘कट्टा हान्दिन्छु’को शीर्षस्थानमा आइपुगेको हो। दुई साताअघि स्ट्रिमिङ भएको यो गीतको म्युजिक भिडियो ट्रेन्डिङ वानमा रहेको छ।
यो समाचार तयार पार्दासम्म यो गीतलाई ५० लाखभन्दा बढि हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.