काठमाडौं :
गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ‘जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा गायक आफैँले शब्द तथा संगीत गरेका छन्। गीतमा फडिन्द्र राईको संगीत संयोजन गरेका हुन्। गीतमा दीपा लामाको समेत स्वर सुन्न सकिन्छ।
म्युजिक भिडियोमा युवा माझमा निकै रुचाइएका प्रयाङ्क स्टार एलिस राई र विमला खजुमको अभिनय रहेको छ । भिडियो एलिस राईको परिकल्पना र निर्देशनमा तयार पारिएको हो। सरगम राईको यस अगाडि ‘खुशी साटौ जुनी काटौ,‘माया गाढा छ’, पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन।

भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जिवनका विभिन्न घटना क्रमहरुलाई सिलसिलाबद्ध रुपमा देखाउन खोजिएको छ। दुःख पछिको सुख र नव विवाहित जोडीले जीवनमा भोग्ने गरेको जिवन संघर्षलाई गीतलाई सफल रुपमा चित्रण गरिएको छ।
काठमाडौं र ललितपुरमा रहेका रमणिय ग्रामिण परिवेशलाई गीतमा समेटिएको छ। गीतलाई ‘आर जि टी फिल्मस’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा संकल्प भुजेलको छायाँकन,अनिल रानाको सम्पादन र एलिस राईको निर्देशनमा भिडियो तयार गरिएको हो।