काठमाडौँ :
डा. शम्भु कडेलको निकै मार्मिक शब्द रहेको गजल गीत ‘पैसा खाउ’ बजारमा आएको छ । थानेश्वर गौतमको स्वर तथा संगीत रहेको गीतमा पैसा सर्वपरि भएको प्रति ब्यङ्ग्य गरिएको छ ।
थानेस्वरकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियो पनि बनेको छ । गीतको भिडियोमा विजय पुन, एलिसा बास्तोला र अशोक भुजेलको अभिनय देख्न सकिन्छ । भिडियोले पनि पैसाका कारण समाजमा देखिएको विकृत देखाउन खोजेको छ ।
भिडियोका निर्देशक रोजल थापा हुन् । राम केसीको छायांकन रहेको भिडियोमा विकास ज्ञावली र इश्वर बाबुको सम्पादन छ
