सुचना, समाचार र मनोरन्जन

अल्पविरामको लघुकथा सङ्ग्रह ‘अनुभूतिका रङ्गहरू’ सार्वजनिक

कास्की । साहित्यकार अल्पविराम पोखरेलीको पाँचौँ कृति ‘अनुभूतिका रङ्गहरू’ सार्वजनिक भएको छ । शनिबार पोखरामा एक कार्यक्रमकाबीच उक्त लघुकथा सङ्ग्रह लोकार्पण गरिएको हो ।

कृतिको लोकार्पण नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले गरेका थिए । आख्यानको एक चोटिलो विधाका रूपमा लघुकथा स्थापित भएको भन्दै सरुभक्तले मुक्तक र कवितामार्फत् विशिष्ट परिचय बनाइसकेका अल्पविरामको लघुकथाप्रतिको लगाव प्रशंसनीय रहेका बताए । उनले कार्यक्रममा बोल्दै उमेरको परिपक्वता बढ्दै जाँदा पनि लेखाइमा थप जाँगरका साथ व्रिmयाशील भएर अल्पविरामले नयाँ पुस्तालाई प्रेरणा दिइरहेको भन्दै उनको प्रसंषा गरे ।

कार्यक्रममा अर्का साहित्यकार तीर्थ श्रेष्ठले अल्पविरामको निरन्तर साधनाले नेपाली साहित्यमा निकै महत्व राख्ने बताए । उनले लघुकथाले दिने झट्कापूर्ण प्रस्तुतिले यसको लोकप्रियता बढ्दै गएको दाबी गरे । कथाकार अल्पविरामले आफूले विभिन्न लघुकथाकारहरूको लघुकथा पढ्दा पढ्दै लघुकथा लेख्न थालेको अनुभव सुनाए । उनले आफूले समाजमा देखेका र भोगेका विषयलाई लघुकथाका रूपमा प्रस्तुत गरेका भनाइ राखे । उनको यसअघि क्रान्तिकारी हिउँका फूलहरू र ईश्वर छन्÷ईश्वर छैनन् गरी २ कविता सङ्ग्रह तथा टुकीको उज्यालो र मुक्तक शिविर गरी २ मुक्तक सङ्ग्रह प्रकाशित छन् ।

कृतिको समीक्षा गर्दै साहित्यकार नारायण मरासिनीले अल्पविरामले समाजका विविध विषयलाई समेटेर लेखेका लघुकथा अधिकांश पठनीय रहेको बताए । कार्यव्रmममा लघुकथा समाज, प्रदेश नं. १ की अध्यक्ष ममता मृदुलले शुभकामना दिएकी थिइन् । लघुकथा प्रतिष्ठान पोखराको पहिलो प्रकाशनका रूपमा प्रकाशित कृति लोकार्पण कार्यव्रmम संस्थाका सचिव कल्याण पन्तको अध्यक्षतामा सम्पन्न भएको थियो । सदस्य रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा सदस्य विष्णु बाँस्तोलाले स्वागत गरेका थिए ।

कमेन्ट्स
Loading...