सुचना, समाचार र मनोरन्जन

अमेजन प्राइमलाई उछिन्दै नेटफ्लिसले बनायो २२ करोड दर्शक

एजेन्सी : फिल्म हल, युटुव हुँदै पछिल्लो समय मनोरञ्जन क्षेत्र बनेको छ ओटीटी प्लेटफर्म । यहाँ नयाँ फिल्म ,गीत गेम, लगायतका कुराहरु केहि शुल्लक तिरेर हेर्न मिल्ने भएपछि अहिले अधिकाँश दर्शक यसैमा निर्भर हुन थालेका छन् । केहि वर्ष यता सबैभन्दा धेरै चलेको ओटीटीमा नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी प्लस, एचबीओ म्याक्स रहेका छन् ।

British college

यि ओटीटीले हरेक फिल्म तथा गेम खरिद बिक्री गर्दै पनि आएका छन् । जसका कारण यिनीहरुले विश्वभरका मनोरञ्जक दर्शक खरिद गरेको छ । यिनीहरुको दर्शक कति छन् भन्ने एउटा रिसर्ज सार्वजनिक भएको छ । हालै सार्वजनिक गरिएको सूचनाअनुसार नेटफ्लिक्स सबैभन्दा अगाडी देखिएको छ । अन्य ओेटीटीलाई पछिपार्दै २२ करोड पेड सब्सक्राइबरसहित एक नम्बरको स्थान ओगट्न सफल भएको छ । सन् २०२० को सुरुआतमा १९ करोड पेड सब्स्क्राइबर भएको नेटफ्लिक्सले २०२१ को सुरुमै २१ करोड पेड सब्सक्राइबर प्राप्त गरेको थियो ।

अहिले २०२२ मा आइपुग्दा २२ करोडको हाराहारीमा सब्सक्राइबर पाएको छ । यसको तीन वर्षको अन्तरालामा करोड भन्दा माथीका दर्शक बटलिरहेको छ । नेटफ्लिक्सका ग्राहक बढिरहेपछि अहिले यो कम्पनीको आम्दानीमा उच्च रुपमा वृद्धि भएको छ । समाचारका अनुसार यो वर्षको सुरुआतमा कम्पनीको आम्दानी २८ अर्ब अमेरिकी डलर पुगेको छ । कम्पनीले यसरी दर्शक बढाउनु र आम्दानी गर्नुमा वेब सिरिज रहेको बुझिएको छ । स्क्वीड गेम र मनी हाइस्ट सिरिजका कारण नेटफ्लिक्सका ग्राहक बढेका हुन् । साथै सेक्स एजुकेसनले पनि दर्शक तानेको थियो । अहिले पनि यो उतिकै मात्रामा हेरिने गरेको छ । यता ओटीटी अमेजन प्राइमका एक करोड ७० लाखको हाराहारीमा मात्र पेड सब्सक्राइबर रहेका छन् ।

कमेन्ट्स
Loading...