सुचना, समाचार र मनोरन्जन
kumdini

जसवन्तको ‘सरस्वती पुजा’ले जित्यो अमेरिकामा एम्मी अवार्ड

काठमाडौं :

British college

अमेरिकामा भएको एमी फेस्टिभलमा नेपाली अभिनेता तथा निर्माता जसवन्त देव श्रेष्ठ अवार्ड हात पारेका छन् । आइतबार भएको अवार्ड कार्यक्रममा वृत्तचित्र ‘सरस्वति पुजा’ले अवार्ड दिलाएको हो ।

पाम स्प्रिंस, क्यालिफोर्नियामा आयोजित अवार्ड कार्यक्रममा ४८ औं एम्मि अवार्ड २०२२मा धार्मिक विधाको आउट स्ट्यान्डिङ एचिभमेन्ट अन्तर्गत प्यासिफिक साउर्थन २०२२ एम्मी अवार्ड जितेको हो ।

विभिन्न ९ विधाको नोमिनेशनमा परेका श्रेष्ठ नेपाली मुलका पहिलो अमेरिकाको एम्मी अवार्ड जित्न सफल भएका हुन। यस फेस्टिभलमा श्रेष्ठद्धारा निर्माण भएको ‘दशैंको पर्व,सरस्वतीको पर्व पूजा र महा शिवरात्रिको पर्व, गरि तीन वटा वृत्तचित्र अवार्डको नोमिनेशनमा परेको थियो । अभिनेता श्रेष्ठ लामो समय देखि अमेरिकाको क्यालिफोर्नियामा स्थायी बसोबास गर्दै आएका छन् ।

कमेन्ट्स
Loading...