सुचना, समाचार र मनोरन्जन

ज्यान त बसाईँ सर्यो, देश कहाँ सर्ने ?

  •  
  •  
  •  
  •  

जिएस नेपाली /   

                                                                                     अमेरिका अनुभव…

साउथ क्यारोलिनाको पूर्वी समुद्रीतट नजिकको सुनसान सहरमा आएको छ महिना भए पनि घुमघामको चाँजोपाँजो मिलेको थिएन । एकदिन मसँगै काम गर्ने साथी रोचेस्टरले फ्लोरेन्स सहरको ऐतिहासिक फोटो किताबमा देखाउँदै भन्यो– ‘म यो गल्लीको घरमा जन्मेको हुँ । मैले जान्ने हँुदा सहर निकै व्यस्त थियो ।’ राचेस्टरले कथा भन्दै गयो– प्रत्येक चोक र गल्ली अनि फराकिला सडक किनारा, कालागोरा मान्छे नै मान्छे संगीत र गाडीको आवाजले भरिभराऊ हुन्थ्यो । रेस्टुराँ र डिस्कोथेकमा खुट्टा राख्ने ठाउँ हुन्थेन । अचेत त सहर सुनसान छ ।

सन् १९६० देखि ७० मा पूर्वपश्चिमको राजमार्ग ट्वान्टी र उत्तरदक्षिणको राजमार्ग नाएन्टी फाइभले छोएपछि समुद्री किनार नजिकै रहेको सानो सहर फ्लोरेन्समा ८० को दशकतिर जनसंख्या ह्वात्तै बढेर तीस हजार पुगेको रहेछ । क्षेत्रीय अस्पताल, टेक्निकल कलेज अनि कृषि उपज संकलन केन्द्रका कारण जनसंख्या बढनु स्वभाविक थियो । रेलमार्गको बिस्तारसँगै पहिले अमेरिकाको खाद्यभण्डार मानिने यो दक्षिणी भागमा उब्जेको अनाजले प्राय अमेरिका पालिने रहेछन । मैले पहिलेको इतिहास इन्टरनेटमा खोजेँ र साथीको सहरका बारेमा बुझेँ ।

  • फ्लोरेन्स सहरको उत्तरतर्फ लागेको बस बस्ती क्षेत्रतिरको सागुरो सडकमा पस्यो । सडक छेउका सेतो, गुलावी र रातो फूलका हाँगा बसमा ठोक्किदा झरेका फूलले मलाई स्वागत गरिरहे । घरको अगाडि खेलेका बालबालिकाले हात हल्लाएर बाइबाइ गरे । हाम्रो बस गुड्दागुड्दै मकैबारीतिर पस्यो । निकै व्यवस्थित र लाइन मिलाएर ठूल्ठूला गराहरूमा लगाइएको मकैबारीको बिचमा सडक रहेछ । जसरी हाम्रोमा आँठो हुन्छ ।

जुलाई महिनाको चौँथो दिन, सार्वजनिक छुट्टी पाएको थिएँ । छुट्टीको महत्व अमेरिकामा औधी हुन्छ । मलाई आज सार्वजनिक बस चढेर सहर र छेउछाउ घुम्ने रहर चल्यो । घुम्नु मेरो लागि रहर मात्रै होइन एकान्तको साथी पनि थियो । मन भुलाउने दिन थियो । जुलाईको गर्मी नेपालकै जस्तो छ । सिसाले बारेको र स्टिलले छाएको बस प्रतीक्षालयमा आधा घण्टा एक्लै कुरे पछि रुट नं. १ को बस आयो र चढँे । ड्राइभरलाई भनेँ– मेरो कुनै गन्तव्य छैन्, म यो सहरको नयाँ मान्छे हो, दिनभरको पास देऊ । उसले छेउको मसिनमा पैसा छिराउन भन्यो वानडे पास निस्क्यो । ठूलो बसमा दुईजना मात्र यात्री लिएर गाडी हाँकिरहेको बूढो गोरा ड्राइभर त्यति कान सुन्दोरहेनछ । तर पनि मैले नयाँ हुँ भनेकाले सल्लाह दियो–विभिन्न रूटका बसमा बसेर दिनभर घुम्न र बेलुका यही रुटको बस समाउनका लागि । उसले मलाई अर्वी स्टीटमा छाड्यो । त्यहाँ सबै रुटका बस लाइनमा थिए । म रुट नं २ मा चढँे, म एक्लो यात्रु थिएँ । आधुनिक हाइब्रिड तकनिकीले बनेको त्यो नयाँ ठूलो बस मसहित अन्य यात्रुलाई लिएर गुड्न थाल्यो । फ्लोरेन्स सहरको उत्तरतर्फ लागेको बस बस्ती क्षेत्रतिरको सागुरो सडकमा पस्यो । सडक छेउका सेतो, गुलावी र रातो फूलका हाँगा बसमा ठोक्किदा झरेका फूलले मलाई स्वागत गरिरहे । घरको अगाडि खेलेका बालबालिकाले हात हल्लाएर बाइबाइ गरे । हाम्रो बस गुड्दागुड्दै मकैबारीतिर पस्यो । निकै व्यवस्थित र लाइन मिलाएर ठूल्ठूला गराहरूमा लगाइएको मकैबारीको बिचमा सडक रहेछ । जसरी हाम्रोमा आँठो हुन्छ ।

बसमा निक्की निजाजको  सुपरबास बुमबुम गीत घन्किरहेको थियो । जमैकामा जन्मेर अमेरिकाको न्युयोर्कमा हुर्केकी र हाल अमेरिकाको रÞ्यापपप क्षेत्रमा तहल्का मच्चाएकी इन्डियन अफ्रिकन मिश्रित काली केटीले केही छाडा शब्दसहित गाएको ¥यापप गीत त्यो पचास काटेको डाइभरलाई पनि खुब मन परे जस्तो छ । बसमा एक्लो भएपछि ड्राइभरसँग बोल्न मन लाग्यो ।
मैले सोधेँ– किन बस रित्तो छ ?
उसले भन्यो– यो सहर नै रित्तो भएको छ, बस कसरी भरियोस त ?
अफ्रिकन अमेरिकन ऊ बोल्नमा निकै खप्पिस रहेछ ।
मिल्कसेक स्ट्रोले तान्दै भन्यो– सबैका कार छन्, किन यसमा चढछन्, जसका कार छैनन्, उनीहरू धेरै यात्रा गर्दैनन् ।

१० वर्षदेखि सोही पब्लिक बस चलाउँदै आएको ऊ पनि आप्रवासी रहेछ । टेक्सासबाट आएको ऊ सेतो पावरदार चश्मा नेपालका प्रधानमन्त्रीले झैं घरीघरी हातले समाउँदै भन्यो– उता महङ्गो छ, बाँच्न गरो भो, मान्छेको भिडभाड त्यति नै । यहाँ त बस्न पनि सस्तो छ र सहर पनि शान्त ।

निकै पर पुगेपछि एक अधवैँशे काली चढी । ऊ निकै हँसिली रहिछ, भन्दै गई घरमा भएका २ वटा कार छोराछोरीले लगे, मेरो कार बिग्रेको छ, बनाउने पैसा छैन्, बस चढन आएँ । सहर छिचल्दै बस्ती खेतबारी हँुदै जंगल काटेर अर्को सानो बजार पुग्यो । कस्तो सुनसान सहर, सडकमा कार गुडेको देखिन्छ तर बजार र बाटोमा कतै कोही देखिदैन । मलाई त घुम्नु थियो, अर्को रुटको बस समातँे, त्यसरी नै घुमे जुलाईको चौँथो दिन ।

  • साँझपख सहरको मुख्य चोकमा ओर्लिएँ । हिँडेरै घरमा पुग्ने निधो गरेँ, किनकी मैले अब सहर हिँडेर देख्नु छ, आफ्नै पाइलाले नाप्नु छ । रंगिन पहिरन परित्याग गरेकी नारीजस्तो सहरका भित्ता थिए । सडक छेउ पूराना पसल र सेवा केन्द्रका बोर्ड थिए तर घरअगाडि अग्लो घाँस उम्रेको थियो । म सडकको किनारकिनार हिँड्दा न त तरुनीतन्नेरी देखँे न त बूढापाका नै । सुनसान सहरमा मक्केका घरले मसानघाट बनाइरहेको थियो । कास्कीको तामागी गाऊँ जस्तो ।

साँझपख सहरको मुख्य चोकमा ओर्लिएँ । हिँडेरै घरमा पुग्ने निधो गरेँ, किनकी मैले अब सहर हिँडेर देख्नु छ, आफ्नै पाइलाले नाप्नु छ । रंगिन पहिरन परित्याग गरेकी नारीजस्तो सहरका भित्ता थिए । सडक छेउ पूराना पसल र सेवा केन्द्रका बोर्ड थिए तर घरअगाडि अग्लो घाँस उम्रेको थियो । म सडकको किनारकिनार हिँड्दा न त तरुनीतन्नेरी देखँे न त बूढापाका नै । सुनसान सहरमा मक्केका घरले मसानघाट बनाइरहेको थियो । कास्कीको तामागी गाऊँ जस्तो । गम खाएँ, किन यस्तो ? यो सहरको जनसंख्या घटेर ४० वर्ष अगाडिभन्दा कम भएको रहेछ । त्यसमा पनि धेरै त आप्रावासी अर्थात् मजस्तै काम धन्दाका लागि अन्य ठाउँबाट आएका । जरुर प्रश्नले उत्तर खोज्यो, यहाँका पहिलेका मान्छे कहाँ गए त ?

  • अमेरिकनहरू सहरी बसाइभन्दा गाउँको बसाई आनन्ददायी ठान्दारहेछन् । कारण थोरै आर्थिक श्रोत हुनेका लागि पनि धेरै बेडरुमको आफ्नो सिङ्गो घर । घरका सबै सदस्यको कार अट्ने ग्यारेज, अनि घर वरपर ठूलो बगैँचा । शान्त र सौन्दर्य स्थान एवम् वातावरण उनीहरूको सोख हो । आखिर गाउँगाउँमा पनि मोटरबाटो छ, बिजुली, फोन, इन्टरनेट छ, स्कुल बस आउँछ, एम्बुलेन्स र दमकल आउँछ र फोन गरेको केही मिनेटमा नै सुरक्षकर्मी आउँछ अर्थात् सबै कुराको सुविधा उपलब्ध छ । यही कुराको खोजीमा अधिकांश फ्लोरेन्सवासी पनि गाऊ पसेछन् ।

अमेरिकनहरू सहरी बसाइभन्दा गाउँको बसाई आनन्ददायी ठान्दारहेछन् । कारण थोरै आर्थिक श्रोत हुनेका लागि पनि धेरै बेडरुमको आफ्नो सिङ्गो घर । घरका सबै सदस्यको कार अट्ने ग्यारेज, अनि घर वरपर ठूलो बगैँचा । शान्त र सौन्दर्य स्थान एवम् वातावरण उनीहरूको सोख हो । आखिर गाउँगाउँमा पनि मोटरबाटो छ, बिजुली, फोन, इन्टरनेट छ, स्कुल बस आउँछ, एम्बुलेन्स र दमकल आउँछ र फोन गरेको केही मिनेटमा नै सुरक्षकर्मी आउँछ अर्थात् सबै कुराको सुविधा उपलब्ध छ । यही कुराको खोजीमा अधिकांश फ्लोरेन्सवासी पनि गाऊ पसेछन् । कोही राम्रो काम र मामको खोजीमा उत्तरी भागतिर लागेछन् । आखिर मानिसलाई चाहिने नै सुविधा, सुरक्षा र सन्तुष्टी तिनै कुरो त रहेछ ।

अम्रिकाने इतिहास हेरेँ । अठारौं शताब्दीको आधातिर ब्रिटिसको चर्को कर र कडा शासनले दिक्दारीमा रहेछन् उनीहरू । अप्रिल १७७५ बाट उनीहरूले ग्रेट ब्रिटेनको शासन विरुद्ध लड्न थाले । तत्कालीन शक्तिशाली ब्रिटेन विरुद्द लड्न हालको अमेरिकाका पूर्वीभागका १३ कोलोनिज (राज्य) मिले र पेनसिलभेनियाको फिलेडेलफियामा कन्टीनेन्टल कंगे्रस (क्षेत्रिय समिति) बनाए । जसको नेतृत्व पेनसेलभेनियाका बेन्जामिन फ्रेन्कलिन, भर्जिनिया राज्यका थोमस जेर्फसन, कन्टीनेन्टल सैन्य प्रमुख जर्ज वासिङ्टन, जोन एड्म्स लगायतका विभिन्न राज्यका नेताले गरेका थिए । लड्ने क्रममा नै कन्टीनेन्टल कलोनिज कंग्रेसमा अरू केही घोषणापत्रहरू बिच थोमस जेफर्सनको धोषणापत्रमा केही सुधार गरी जुलाई ४, १७७६ मा पास गरे । त्यो नै अमेरिकीहरूको स्वतन्त्रता प्राप्तिको घोषणापत्र थियो र ऐतिहासिक दिन थियो । यसबेला हामीकहाँ पनि पृथ्वीनारायण शाहको देश एकीकरण अभियान चलिरहेको थियो । पछि यही कोलोनिजको संख्या बढदै गयो र ५२ राज्यको एकै देश संयुक्त राज्य अमेरिका भयो । आज पनि अमेरिकीहरू ती ऐतिहासिक पुरुषलाई सम्झी रहन्छन् र ती दिनहरू खुबै भव्य र भावनाका साथ मनाउँछन् । यसैको परिणाम स्वरूप मलाई पनि आज छुट्टी मिलेको थियो ।

सुनसान सहरमा एक्लै हिँडिरहादा धेरै पहिले पढेको मोहन मैनालीको भत्केको गाउँ लेखको याद आयो । मैनाली लेख्छन् –
हरेक वर्ष गाउँका कति घरको रंग उड्छ कति घरको आँगनमा घाँस उम्रिन्छ । कति घरको छानो चुहिन्छ, कतिको पर्खाल ढल्छ । कति घर खण्डहर हुन्छन् । हरेक वर्ष कति खेतबारी बाझो बस्छन् , अर्को वर्ष बट्यान उम्रन्छ । केही वर्षपछि जंगल बन्छ । गाउँमा यस्तो बिनास भएपछि सहरबजारमा बस्ने पत्रकारले लेख्छ, खानेपानीको हाहाकार भयो । फोहर फाल्ने ठाउँ भएन । ध्वनि प्रदूषर्ण भयो । खुला सार्वजनिक क्षेत्र मासिए । नदीमा पानी हैन, फोहर बग्न थाल्यो । सुकुम्बासी बस्ती बढे । सहर बजार साधुरिए ।

हुन पनि नेपालमा ठीक उल्टो भैरहेको छ, गाउँ सुनसान हँुदैछ सहर भिडभाड । किन त प्रश्न उस्तै छ ,जवाफ पनि उस्तै छ । हाम्रो गाउँको स्कुलमा अंग्रेजी पढाई हुँदैन । चुहिने छानो र धुलो भुईमा बसेर पढ्नुपर्छ । राम्रा शिक्षक सिठो बालेर खोज्नुपर्छ । असल शिक्षकलाई राजनीतिक प्रतिशोधले अन्त सरुवा गराउँछन् । शिक्षा कमजोर बन्दै गएको छ भने हेल्थपोस्टमा पियनले जाँच्नु परेको छ । स्थानीय सरकारी योजनामा आएको डोजरले जोतेर मात्र चलेको बाटो वर्षे भेलले लगेको छ । गाउँमा सरसहयोगभन्दा चन्दा माग्ने र सदस्यता दिलाउने धेरै आउँछन । खेतबारी बाझै छन्, खेतीगर्ने तमाम युवा विदेश पसे, कि त पढेलेखेका सहर पसे । हारगुहार गर्दा पनि कोही आउँदैनन् अब किन र कसरी बसिरहने ्गाउँमा । फेरि हाम्रा सहर यति घना भैसके चोक र गल्लीमा उभिने ठाउँ पाइदैन । घरैघरले जमिन देखिदैन, पानीको हाहाकार त हुने नै भयो । खाने लगाउने र अनिवार्य उपभोग गर्ने चिजको भाउ आकासिएको छ । तर पनि दिनहँु सहर बाक्लिदो छ ।

१० वर्ष अगाडिको जनसंख्यामा डवल भएको छ, अनि कसरी धान्छ त यो सहरले ? पोखराको मात्र जनसंख्याको तथ्याङ्क हेर्दा अहिले २०२१ मा ४ लाख ४० हजार मान्छे बस्ने अनुमानित आकडा छ । २० वर्षको अन्तरमा हेर्ने हो भने सन २००१ मा १ लाख ५७ हजार थियो भने सन १९८१ मा जम्मा ४७ हजार जनसंख्या थियो । अझ् सन १९६१ म त जम्मा १० हजार जनसंख्या भएको देखिन्छ । भलै केही क्षेत्रफलको जोडघटाउले पनि जनसंख्यालाई तलमाथि पारेको होला । तर वास्तविकतामा बसाईसराई र विदेश पलायनले त नेपालको गाउँघर शून्य पारेको छ भने सहर भरिभराउ गरेको छ । आखिर किन त ? हाम्रा नेता र योजनाविद्ले पनि गाउँमा बस्ने दीर्घकालीन पूर्वाधार तयार गरे त कस्ले गाउा छोड्थ्यो र ? प्यारी श्रीमती, मायालाग्दा छोराछोरी छाडेर, आमाबुबाको माया छातीमा राखेर किन विदेश पस्थे नेपाली युवा ? अझ् त्यो सहरको कोलाहलमा किन वस्थे सहरिया पनि ।

मन कटक्क खायो पनि । म पनि उही गाउँमा हुर्केको हूँ । सहर पसेर आधा जिन्दगी सहरको रहरमा फालेँ । अहिले जिन्दगीले नेटो काट्ने वेला विदेश भासिएको छु । सम्झन्छु म कदापी सदाका लागि बाहिर जान्न अझ् सहर पस्दिन भन्ने मेरो बाचा नेपालका नेताको प्रतिवद्धतासरह परिर्वतन भएको छ । मेरा बच्चाको स्कुलमा अभिभावक दिवसमा ‘मेरो बाबा उहाँ नै हो’ भनेर आफ्ना साथीलाई भन्न नपाउँदाको बच्चाको एक्लोपन, मैले पठाएको डलरले कदापी पूर्ति गर्दैन् । तर के गरुँ ? म जस्ता ५० लाख युवा घरदेशभन्दा परदेशमा छन् । ती तमाम नेपाली मनहरू देशमा नयाँ दिन आउला, विकास होला, परिवारसँग बसेर सुखले बाँचिएला भन्ने आशामा मेहनत गरिरहेका छन् ।

विचरा आशामा बाँचेका हामी जनता, भाषणमा बाँचेका नेता, पाशामा परेको मेरो देश नेपाल, देश छोडेर कहाँ जान सक्छ र ?

कमेन्ट्स
Loading...