सुचना, समाचार र मनोरन्जन

रेलयात्रामा नेपालको याद

  •  
  •  
  •  
  •  

जिएस नेपाली /

                                                                            अमेरिका अनुभव….

अमेरिकामा १४ घण्टा लामो रेल यात्रा गरिरहेको थिएँ । न्युयोर्कबाट साउथ केरलेनाका लागि यात्रामा निस्केको थिएँ । यो मेरो जीवनको दास्रो लामो रेल यात्रा हो । यसभन्दा अगाडि नेपालबाट ब्रह्मकुमारीको मुख्यालय जाँदा भारतको गोरखपुरबाट राजस्थान माउन्टआवु गएको थिएँ । यद्यपि अमेरिका बसाइभर यति लामो रेल यात्रा गरेको थिइनँ । मलाई रेल चढ्ने नियम र स्थान समेत थाहा थिएन । केही कुरा मोहन बराल साथीले सिकाएका थिए । अरू आफै सोध्दैखोज्दै न्युयोर्कको ग्राण्ड सेन्ट्रल टर्मिनलबाट लगभग ७ सय माइल अर्थात् ११ सय किलोमिटर दक्षिण साउथकेरलेना राज्यको स्पाटनवर्गमा हानिएको थिएँ । त्यहाँ मेरा बहिनी र ज्वाइँ रहनु भएको थियो । आफन्ती मनको भेटघाटका लागि म रेल यात्रामा जुटेको थिएँ ।

लामो रेलयात्रामा अमेरिकीहरू रेलभित्रको क्यानटिनबाट चिसो र केही खानेकुरा खाँदै प्रायः सबै आआफ्ना ल्यापटपमा भुलेर समय काट्ने साथै आफूलाई नेटबाट अपटुडेट गराईरहँदा रहेछन् । सुविधा सम्पन्न ‘एम ट्रयाक’ रेलमा सम्पन्नदेखि विपन्न, कालादेखि गोरासम्म सबै चढ्दा रहेछन् । रेलभित्रका खुल्ला सिटहरू सफा थिए । आफ्नै गति र आवाजमा दिउँसो ४ वजे न्युयोर्कबाट हिँडेको रेल रात परेपछि मेरील्यान्ड पुग्यो । त्यहीँ बाल्टीमोरबाट ग्रिनस्ब्रोका लागि चढेकी एक अधबैँसे काली सुन्दरी मेरो सिटसँगै बस्न आइपुगी । केहीबेर पछि उसले झोलाबाट ल्यापटप निकालेर हेडफोन लगाइ र फिल्म हेर्न थाली । फिल्म हेर्दै गर्दा कुनै बेला भने मतिर पनि नजर लगाएर मुस्कुराउँथी।

दू्रत गतिमा मन्द हल्लाइमा अमेरिकाको उत्तरी धु्रवबाट दक्षिणी ध्रुवतिर हुँईकिएको ‘एम ट्रयाक’ रेलभित्रको यो वातावरणले लेख्न मन लागेको हो तर के विषयमा लेख्ने तयारी नभएकाले एकछिन सोचेँ । अनि यही रेलयात्रा र यसले ल्याएका सामाजिक कल्पनालाई शब्द बुन्न थाले । यो मेरो जीवनको यात्रा संस्मरण र अमेरिकन अनुभव भयो।

सबै यात्रुको व्यस्तता र छेऊकी काली सुन्दरीको मुस्कुरावट देखेर मलाई पनि झोक चल्यो । सिट नजिकैको पावर प्लगमा केवुल जोडेर चिसो जुस अनि कहिले कफी पिउँदै मैले पनि ल्यापटप खोलँे र नेपालीमा केही लेख्न थालेँ । नेपाली अक्षर बुझे झैं गरेर उसले पनि हँसिलो अनुहार मतिर फर्काउँदै मेरो नेपाली टाइप हेरिरही । दू्रत गतिमा मन्द हल्लाइमा अमेरिकाको उत्तरी धु्रवबाट दक्षिणी ध्रुवतिर हुँईकिएको ‘एम ट्रयाक’ रेलभित्रको यो वातावरणले लेख्न मन लागेको हो तर के विषयमा लेख्ने तयारी नभएकाले एकछिन सोचेँ । अनि यही रेलयात्रा र यसले ल्याएका सामाजिक कल्पनालाई शब्द बुन्न थाले । यो मेरो जीवनको यात्रा संस्मरण र अमेरिकन अनुभव भयो ।

यात्राको दूरी नेपालको पूर्व मेची काकडभिट्टादेखि पश्चिम कञ्चनपुरको गड्डाचौकीसम्म बराबरको थियो,अर्थात् झण्डै १ हजार किलोमिटरभन्दा बढी । त्यसैले पनि यो यात्रामा मलाई नेपालको संझनाले नोस्टाल्जिक बनायो । नेपालमा पनि पूर्व पश्चिम द्रूत गतिमा यसरी नै रेल चल्ने भए मेचीका मान्छे महाकाली बिहान चढेर बेलुका पुग्ने भए के हुन्थ्यो होला ? अझ् मेचीको चिया महाकालीमा त्यही मूल्यमा सहजै पाउन सके अर्थात् महेन्द्रनगरको उत्पादन धरानमा सोही मूल्यमा पाए कस्तो गज्जव हुन्थियो होला । यातायात विकासको व्याकरण पनि हो।

अमेरिका सम्पन्न हुनुको आधार कनेक्टिभिटी र सहज यातायात पनि हो । यति ठूलो देशको कुनै कुनाका उत्पादन अर्को विपरित कुनामा पुग्दा पनि एउटै मूल्य र सहज उपलब्धता हुनु यातायात कै कमाल हो । नेपालीको प्रमुख खाना चामल नेपालगञ्जबाट हवाइदूरुमा १ घण्टा नलाग्ने डोल्पा पुग्दा ५ सय प्रतिशत महङ्गो पर्न जान्छ । केही वर्ष अगाडिसम्म मुस्ताङमा १० रुपैयाँ किलोमा पाइने स्याउ २० मिनेटको हवाइ दूरी पोखरा आउँदा १ सय रुपैयाँ किलो पथ्र्यो । अहिले मुस्ताङमा गाडी पुग्यो, त्यहीँको स्याउ भित्ता लाग्यो, न्युजिल्याण्ड र चाइनाको स्याउले बजार कब्जा ग¥यो । यो हाम्रो आयात नीतिको दूर्भाग्य हो । अमेरिकाको पश्चिम क्यालिफोर्नियादेखि ३ घण्टा फरक न्युयोर्क र उत्तरीगोर्लाधको टोरन्टोदेखि दक्षिणी फ्लोरिडासम्मको बजारमा एकै सामान एउटै मूल्यमा र सोही स्तरमा पाइन्छ । अमेरिका वा बाहिर जहाँसुकैको उत्पादन होस देशभर नै एउटै मूल्य हुन्छ । नाफाखोर, कालोबजारी र विचौलियाको कुनै गुुन्जायस नै हुँदैन् । उत्पादकले ढुवानी खर्च जोडर नै मूल्य तोकेको हुन्छ । बजार व्यापारीको कब्जामा होइन उपभोक्ताको अधिकारमा टिकेको हुन्छ। त्यसैले एउटै वस्तु कहीँ सस्तो र कहीँ महङ्गो हुँदैन् । वास्तवमा हरेक देश विकासको मेरूदण्ड नै सञ्चार र यातायात हो । नेपालमा विगत केही वर्ष यता सञ्चार क्षेत्रमा त केही उल्लेखनीय प्रगति भएको छ।

गाउँगाउँमा हातहातमा मोबाइल पुगेको छ । टेलिफोन र नेटको विकास भैरहेको छ । सञ्चार माध्यमका रेडियो, टिभि, पत्रपत्रिका र अनलाइन खबर पनि निकै अग्रगतिमा बढिरहेका छन् यो प्रशंसनीय छ। तर गुणस्तरीय यातायात र दू्रत मार्गका मापदण्डको सडक भने पटक्कै विकास भएको छैन् । अझ् ओरालो लाग्दो छ भन्दा पनि हुन्छ । भएको यातायात र सडक पनि बाढिपहिरो, बन्द हडताल आदिको अचानो बनिरहको छ । काभ्रेका किसानले काठमाडौं लैजान ल्याएको दूध यातायात बन्दले बाटोमा पोख्नुपरेको छ, चितवनका कृषकले गोलभँेडा तरकारी बजार लान नपाएर सडकमा मिल्काउनु परेको छ।

१ मिटर स्तरीय सडक बनाउने प्रयास नगरी सो राजमार्गको नाम फेर्ने र आफ्नो आस्थाको नेताको नाम दिने काम मात्र हामीले जानेका छांै । अन्य राजमार्ग केवल कच्ची मोटरबाटो जस्ता छन् । सडक दूर्घटना र भारतीय गाडी व्यावसायीको फाइदा व्यापारवाहेक अरू केही भएकै छैन् ।

प्रकृतिले गरेको बाटो बन्द होस् वा मानवीय विभिन्न उद्धेश्य भएको यातायात बन्दले हामी सबै नेपालीको समग्र विकासमा बन्द बनिरहेको छ । यसले नेपाल र नेपालीको आयशक्ति घटी रहेको छ भने उद्योग र उत्पादनको मानसिकता नै हराएर गइरहेको छ । हाम्रो विकासको मेरूदण्ड पूर्वपश्चिम राजमार्गलाई फराकिलो र व्यवस्थित गर्न सकेका छैनौं । १ मिटर स्तरीय सडक बनाउने प्रयास नगरी सो राजमार्गको नाम फेर्ने र आफ्नो आस्थाको नेताको नाम दिने काम मात्र हामीले जानेका छांै । अन्य राजमार्ग केवल कच्ची मोटरबाटो जस्ता छन् । सडक दूर्घटना र भारतीय गाडी व्यावसायीको फाइदा व्यापारवाहेक अरू केही भएकै छैन् । अझ् गाउँगाउँमा डोजर डाइभर नै इन्जिनियर भएर गरेको कच्ची सडक विस्तारले त ‘नेपाल गयो मुखिया कुलो ल्यायो सस्तै कुलो लग्यो पैराले जस्ताको तस्तै’ भएको छ । न त विकास बजेट नै बाँकी रहेको छ न त्यसको उपलब्धि नै।

गाउँमा गाडी गएको खुसीमा गाडीलाई ढोग्ने र ड्राइभरलाई ईश्वर मानेर फूलमालाले पुज्ने नेपाली संस्कार छ । नेपालीले महिनौको दुःखले कमाएको पैसा तिरेर कच्ची मोटरबाटोमा स्वर्गतिरको यात्रामा निस्कने बाहेक केही पाएका छैनन् । यिनै कच्ची सडकमा उकालोमा खचाखच यात्रुले भरिएको बस पल्टेर यति जनाको मृत्यु भयो भन्ने लास गनेको समाचार दिने काम पत्रकारितामा भैरहेको छ । योजना आयोग, राजनीतिज्ञ र तीनैतहका विकासे कर्मचारी, सर्भेको बाटो देखाएर पेट विकास गर्न भाषण र कागजमा विकास गरिहेका छन् । यो हामी संसारको अग्लो स्थानका होचो मान भएका नेपालीको दिनचर्या हो । अमेरिकामा रेलयात्रा गरिरहँदा मनभरि नेपालको चित्र आँखामा झलझली आएको छ।

रातको सवा एक भैसकेछ ,मैले लेख्दालेख्दै छेउकी कालीको झर्ने स्थान नर्थ क्यारोलिनाको ग्रिनस्ब्रो आएछ । ‘गुडनाईट’ भनेर गई । मैले लेखेको नबुझे पनि मेरा अक्षर हेरेर नै स्पस्ट बुझिरहेकी थिई मेरो भावनालाई । ऊ झरेपछि मैले लेख्ने शब्द पनि निदाउन थाले । ल्यापटप बन्द गरँे, मलाई अझै दक्षिणी ध्रुव तिर उडायो ‘एम ट्रयाक’ रेलैले।

कमेन्ट्स
Loading...