जिएस नेपाली/
अमेरिका अनुभव….
अमेरिकनहरू गरिब छन्, कङ्गाल छन्, भीख माग्ने मगन्ते छन् भन्दा तपाईंलाई विश्वास नलाग्ला । प्रिय पाठक, साँच्चै यो सत्य हो । तपाईंका मनमा जरुर प्रश्न उठ्यो होला कसरी ? वार्षिक औषत आय ६५ हजार डलर हुने अमेरिकनभन्दा नाथे ११ सय डलर आम्दानी हुने नेपाली कसरी धनी त ? वास्तविकता र तथ्यगत रूपमा फरक छ । त्यो कसरी भने अमेरिकाका १ प्रतिशत मान्छे विश्वकै धेरै धनी विलिनियरको सूचीमा छन् । उनीहरूकै कारण बाँकी ९९ प्रतिशत जनताको वार्षिक प्रतिव्यक्ति आय पनि बढेको देखिएको हो । सन् २०२१ को तथ्यले अमेरिकामा रहेका करिब ७ सय ५० विलिनियर्सहरूसँग नै कूल अमेरिकाको सम्पत्ती आयको दुई तिहाइ हुने र बाँकी एक तिहाइ मात्र आम मानिसमा रहेको देखाउँछ । अर्को तथ्य डलरको भ्यालु (मान्यता मूल्य) १ सय २० हाम्रो रुपैयाँ भएर पनि हो । एककप चिया अर्थात् कफीको पैसा अमेरिकनले अमेरिकामा २ देखि ३ डलर तिर्छन् । नेपालमा नेपालीले करिव आधा डलर कममा नै पाउँछ । अब यो कफी बनाउने सामग्री चिनी, कफी, पानी र श्रम मेहनत दुवै देशमा समान हुन् । अब भन्नुहोस् आधा डलरमा नै उस्तै कफी तयार बनाउन सक्ने देशका हामी जनता धनी कसरी भएनौ त ?
आर्थिक तथा पारिवारिक तनावले अमेरिकनको डिप्रेसन, डिभोर्स र सुसाइड डाटालाई बढाइरहेको छ । तर नेपालमा सामान्यतय मासिक १५ देखि २० हजार त भुईतहको काम गर्नेले पनि कमाइरहेको हुन्छ ऊ हाँसीरहेको हुन्छ । भोज भतेर, पार्टी र भट्टीमा नाँचिरहेको हुन्छ । ‘शोक न सुर्ता भोक न भकारी’ झैं घुमिरहेको हुन्छ । अब को खुसी ? को धनी ? धनी भन्नु नै खुसी हो । त्यसैले विशाल अर्थतन्त्र, जनसङ्ख्या, भूगोल र विकास गरेको भारतभन्दा छिमेकी सानो देश भुटानी जनताको खुसी विश्व सूचाङ्कमा धेरै माथि छ । त्यस हिसावले देशका जनतालाई प्रसस्त खुसी राख्न सक्ने सरकार नै धनी हो ।
अर्को कोणबाट हेर्दा एक सामान्य अमेरिकनले काम गरे वापत पाउने ज्याला अर्थात् सरकारी स्रोतबाट नै भन्नु पर्दा एक ग्याँस स्टेसन क्यासियर वा सो सरहका अन्य कामबाट वार्षिक आम्दामी २४ हजारसम्म मानिएको हुन्छ । एक परिवारको ४५ हजार आय न्युनतम आधार हो भने सामन्यतय २ जना कमाउने सक्ने भएको ठानिन्छ । जुन कुरा वार्षिक कर चुक्ता गर्ने बेला हरेक अमेरिकामा रहनेले गर्नै पर्ने कार्य हो । यसै सरकारी तथ्यको आधारमा कुरा गर्दा पनि प्रतिमहिना सरदर २ हजार कमाइ हुन आउँछ । ओभरटाइम, दोस्रो काम, राम्रो कम्पनी वा राज्यअनुसारको तलव स्केल, शिक्षा तथा स्वास्थ्यको सुविधा र अन्य लुप्त आयका कार्य नहुने हो भने त एक सामान्य अमेरिकन कामदार कसरी बाँच्छ ? कारण सामान्यतय कम्तीमा १ हजार डलर मासिक कोठा भाडा तिर्नुपर्छ । अनि खाना खर्च, लत्ताकपडा र अन्य खर्च हुन्छ नै । फेरि अमेरिकामा यातायातको सुविधा हेर्दा आफ्नो कार नहुने मानिस खुट्टा नभएको अपाङ्ग सरह नै हो । कार छ भने त्यसको किस्ता, इन्सौरेन्स तथा भैपरि आउने खर्च आदिले कसरी बाँच्छ त्यो विचरा । यिनै आर्थिक तथा पारिवारिक तनावले अमेरिकनको डिप्रेसन, डिभोर्स र सुसाइड डाटालाई बढाइरहेको छ । तर नेपालमा सामान्यतय मासिक १५ देखि २० हजार त भुईतहको काम गर्नेले पनि कमाइरहेको हुन्छ ऊ हाँसीरहेको हुन्छ । भोज भतेर, पार्टी र भट्टीमा नाँचिरहेको हुन्छ । ‘शोक न सुर्ता भोक न भकारी’ झैं घुमिरहेको हुन्छ । अब को खुसी ? को धनी ? धनी भन्नु नै खुसी हो । त्यसैले विशाल अर्थतन्त्र, जनसङ्ख्या, भूगोल र विकास गरेको भारतभन्दा छिमेकी सानो देश भुटानी जनताको खुसी विश्व सूचाङ्कमा धेरै माथि छ । त्यस हिसावले देशका जनतालाई प्रसस्त खुसी राख्न सक्ने सरकार नै धनी हो ।
सन् २०११ ताका म अमेरिकाको दक्षिण पूर्वी राज्य नर्थ क्यारोलिनाको सारलोट सहर नजिकै बस्थँे । अमेरिकन भित्री लाइफबारे मलाई खासै थाहा थिएन, किनकी म अमेरिका आएको केही समय मात्र भएको थियो । एक अमेरिकन मेरो मिल्ने साथी थियो, मार्कोस मिलर । मार्कोस मैले काम गर्ने ठाउँ नजिकै अर्को स्टोरमा काम गथ्र्यो । मसँग त्यति बेला आफ्नो कार थिएन, आवश्यकता पनि थिएन । किनकी मैले काम गर्ने र बस्ने ठाउँ पैदलमा ५ मिनेट लाग्थ्यो । मार्कोस र म फुर्सद्को समय उसको हाफ ढाला भएको सानो ट्रक गाडीमा कहिले घुम्न, कहिले सँगै खाना खान गईरहन्थ्यौं । एकदिन उसले मलाई आफ्नो घरमा खाना खान जान भन्यो । जाडोको समय थियो, जनवरी । बाहिर अत्यन्त चिसो, माइनस जिरो डिग्रीभन्दा कम र सिरेठो चलिरहेको थियो । उसको सानो पिकअप गाडी जसको पछाडि खुल्ला थियो, अगाडी भित्र २ सिट थियो । हामी भित्र अगाडिको सिटमा बस्यौं । पचास काटेको जस्तो एक उसको छिमेकी आएर पछाडि खुल्ला भागमा गाडीको ढालाबाट तल टाउको लुकाएर बाहिर बस्यो । अमेरिकामा यसरी सवारी चलाउनु अत्यन्त डरलाग्दो र कानुनत खतराको काम हो ।
साथीको गाडी चल्यो, हामी साथीको घर गयौ । साथी मार्कोस र म कुरा गर्दै थियौं, केही सययपछि साथीको उही छिमेकी एउटा बाल्टी लिएर पानी माग्न आयो । पछि उसको बारेमा साथीले मलाई बताउँदा मैले अमेरिकाको आन्तरिक वास्तविकताबारे अचम्मका जानकारी पाएँ । जुन कुरा अमेरिकाभरि १५ देखि २० प्रतिशत जनसङ्ख्याले भोग्दै आएको समस्या रहेछ । वास्तवमा ऊ आफ्नै घरमा सुकुम्वासी रहेछ अर्थात् अमेरिकन भाषामा होमलेस । पहिले राम्रो कमाइ सुखी परिवार भएको उसले बाबुआमा बस्ने घर छाडेर ठूलो सिटीमा बस्ने रहेछ । बाबुआमाले आफ्नो सम्पत्ती छोरीको नाममा गरी संसार छाडेछन् । उता उसको राम्रो कमाइ हुने जागिर गुम्नाले आर्थिक अभाव भएपछि घरमा झगडा र अशान्ति सुरु भयो । उसको क्रेडिट बिग्रदै गयो, उसले कहीँ पनि काम पाउनै छाड्यो ।
लगत्तै श्रीमतीले डिभोर्स दिइ र छोराछोरी पनि सँगै लगी । त्यसपछि ऊ पागल झै भएर सडकमा बसी भीख माग्ने रहेछ । पछि उसकी दिदीले आफनो अर्को घर पनि भएकोले बाबुआमाले दिएको घरमा आएर बस, पानीबत्तिको बिल तिर भनेकी रहिछन् । अहिले ऊ बाबुआमाको आफ्नै घरमा बस्दोरहेछ तर पानीबत्ति बिल तिर्न नसके पछि लाईन काटिएको रहेछ । त्यसैले मैनबत्ति बालेर उज्यालो भोग्ने र छिमेकी्सँग पानी मागेर जीवन चलाएको रहेछ । बत्तिपानीको बिलको कारण अहिले उसको दिदीले पनि आफ्नो क्रेडिट बिग्रने डरले मेरो घर छाड्दे भन्दै छन् रे । सायद केही समय पछि ऊ सहरकै कुनै सडक पेटीमा सुत्न गयो होला । यो एक अमेरिकनको प्रतिनिधि पात्र मात्रै हो । यस्ता लाखौलाख मानिसहरू गाउँगाउँदेखि साना, ठूला सहरका गल्ली र चोकचोकमा भेटिन्छन ।
घरमा खाना खाने पैसा नभएर चाउचाउ र सुप खाने कति छन् छन् यसको कुनै लेखाजोखा छैन् । किनकी १ डलरमा ४ वटा चाउचाउ पाइने भएकाले अमेरिकाको सवैभन्दा सस्तो अर्थात् होमलेस खाना मानिने रहेछ । कति त त्यही चाउचाउ पनि खाने पैसा नभएर पहिले भएको बटर खाएर हप्तौं गुजारेको कुरा सुनाउँछन ।
सन् २०२० को तथ्यअनुसार अमेरिकामा होमलेसहरूको जनसङ्ख्या ५ लाख छ भने सबैभन्दा ठूलो र संसारको राजधानी मानिने धनी सहर न्युयोर्कमा ६० हजारभन्दा बढी होमलेस छन् । दोस्रो सहर क्यालिफोर्नियाको लस एन्जलसमा ६६ हजार ४ सय ३६ होमलेस अर्थात् सडकमा सुत्नेबस्ने छन । हो अमेरिकन सरकार धनी छ, तर आज पनि हामी ती सडकमा जीवन विताउने वा सहर वा गाउँमा झुपडी घरमा बस्नेको अवस्था हेर्ने हो भने आम नेपालीको भन्दा निकै दुखदायी र कष्ठपूर्ण छ । होमलेसभन्दा माथि उठेर घर हुने गरिवहरूको नै तथ्य हेर्ने हो भने पनि कम पीडादायी छैन् । घरमा खाना खाने पैसा नभएर चाउचाउ र सुप खाने कति छन् छन् यसको कुनै लेखाजोखा छैन् । किनकी १ डलरमा ४ वटा चाउचाउ पाइने भएकाले अमेरिकाको सवैभन्दा सस्तो अर्थात् होमलेस खाना मानिने रहेछ । कति त त्यही चाउचाउ पनि खाने पैसा नभएर पहिले भएको बटर खाएर हप्तौं गुजारेको कुरा सुनाउँछन ।
एकदिन मैले काम गर्ने स्टोरको साथीसँग एकजना अमेरिकन पैसा माग्न आयो, उसको चिनजानको नाताले । म भोकै छु एक हप्ता भयो खाना नखाएको, मात्र बटर खाएर बसेको भन्यो । मैले र मेरो साथीले केही पैसा दिएर पठायौं । ऊ गएपछि मैले सोधँे– किन बटर खाएको रहेछ ? साथीले भन्यो– बटर खाएपछि भोक लाग्दैन रे अनि खाना खानै परेन नि । के काम पाईदैन र अमेरिकामा ? काम गरेर खाए भइहाल्यो नि भन्ने प्रश्न मनमा आयो । पैसा कमाउन कि आफ्नै व्यवसाय उद्यम गर्नै पर्यो, त्यसका लागि पैसा र आइडिया दुबै चाहिन्छ । अर्को कुनै काम गरेर पैसा कमाउन सकिन्छ, जीवन धान्न र सुधार्न सकिन्छ । तर काममा लगाउनेले अमेरिकन कानुन नियमअनुसार कामदारको क्रेडिट हिस्ट्री हेर्छ । अर्थात् उसको आर्थिक विश्वसनियता र अनुशासित चालचलन अनलाइनमा राखिएको डाटामा हेर्छ । जब कमाइ हुँदैन वा आर्थिक अनुशासनमा रहन सकिदैन भने क्रेडिट हिस्ट्री खत्तम हुन्छ जो होमलेस पुग्ने पहिलो बाटो हो । दोस्रो सङ्गत, परिवारिक पृष्ठभूमि र अपराधिक क्रियाकलापहरू पनि हुन् । यस्तै आदत र परिवेश जस्ता विविध कारण पनि छन् ।
३३ करोड जनसङ्ख्याको अमेरिकामा रोजगारका अवसर प्रसस्त छन्, त्यसैले जम्मा ४ प्रतिशत मान्छे बेरोजगार छन् । प्राय रोजगारीबाट पाएको पैसाले खान र क्षमताअनुसारको जीवन चलाउन प्रशस्त पुग्छ । त्यसैले आज अमेरिका विकसित सम्पन्न, धनी राष्ट्र भएको छ । अधिकांश जनता पनि धनी बनेका छन् र बन्दै गएका छन् । तर यो अवस्था केही अमेरिकनको हो । धेरै स्थानीय अमेरिकन गाउँ र सहरका साना गल्लीमा बस्छन् जसको कुनै राम्रो कामधन्दा छैन अनि कतिका क्रेडिट हिस्ट्री नै छैन्, त्यसैले उनीहरूको जीवन हामी नेपालीको भन्दा कमजोर छ । उनीहरू हामीभन्दा धेरै गरिब र दुःखी छन् ।
नेपालमा चरम बेरोजगारी समस्या छ । तथ्याङ्कमा ११ प्रतिशत बेरोजगार छन् । त्यसैले ५० लाखभन्दा धेरै नेपाली युवा विश्वका विभिन्न देशमा रोजीरोटी र राम्रो अवसरको खोजीमा गएका छन् । नेपालमा रहेकै रोजगार मध्ये पनि अधिकांश मौसमी अर्थात् खेती किसानी तथा थोरै समय काम गर्ने समेत पर्छन्, जसको कमाइले वर्षदिन र पेटभरी खान पुग्दैन । अन्य उपभोग्य वस्तु र बसाईको व्यवस्था गर्ने कुरा त पर को हो।
अमेरिकनहरूले उपभोग गर्ने वस्तु र खाद्य पदार्थ ८० प्रतिशतभन्दा बढी बाहिरी देशसँग निर्भर छ , जसको मुद्रादर कम छ । त्यसैले अमेरिकनहरू महङ्गो डलर कमाउँछन, सस्तो खानेकुरा र उपभोग्य वस्तु प्रयोग गर्छन् । यसैकारण जीवन जिउन सजिलो भएको छ र धनी देखिएका हुन् ।
अमेरिका नेपालभन्दा ५ गुणा महङ्गो छ । सामान्यतय ठीकै खाले रेस्टुरेन्टमा खानाको पैसा हेर्ने हो भने नेपालमा ३ डलर पर्छ भने अमेरिकामा १५ डलर । यस्तै बस्ने राम्रै होटल एकरातको २ सय डलर पर्छ भने अमेरिकामा १२ सय डलर । शिक्षामा स्नातक तहको कुरा गर्दा नेपालमा एक वर्ष २ सेमेस्टरको १५ सय २५ डलर पर्छ भने अमेरिकामा १० गुणा वढी १५ हजार लाग्छ । तर पनि मुख्य जान्नै पर्ने कुरा देश धनी छ, विभिन्न सुविधा र सहुलियत दिन्छ, रोजगारीको अवसर प्रशस्त छ । बाहिरी विश्वमा शक्तिशाली देश छ भने देशभित्र नियम कानुन तथा अर्थव्यवस्था नियमित व्यवस्थितरूपमा सञ्चालित भैरहेको छ । राज्यले वैज्ञानिक रूपमा अनुसन्धान कार्यान्वयन गरेकाले नै अमेरिका अमेरिका भइआएको हो।
२० प्रतिशत धनी अमेरिकनलाई छाडेर ८० प्रतिशत बाँकी अमेरिकनको बारेमा कुरा गर्दा यदि संसार भरको पैसा, डलर वा जुनसुकै मुद्रा समान हुने हो र रोजगारी वा उधम व्यवसायको अवसर प्रशस्त हुने हो भने अहिलेको नेपाल अमेरिका जस्तो सुखी सम्पन्न र अमेरिका अहिलेको नेपाल जस्तो हुनेछ । हामीले प्रयास गर्ने हो भने हाम्रा उपभोग्य हरेक वस्तु हाम्रै देशमा उत्पादन गर्न सक्छौं । किनकी अमेरिकनहरूले उपभोग गर्ने वस्तु र खाद्य पदार्थ ८० प्रतिशतभन्दा बढी बाहिरी देशसँग निर्भर छ , जसको मुद्रादर कम छ । त्यसैले अमेरिकनहरू महङ्गो डलर कमाउँछन, सस्तो खानेकुरा र उपभोग्य वस्तु प्रयोग गर्छन् । यसैकारण जीवन जिउन सजिलो भएको छ र धनी देखिएका हुन्।
नेपालमा त घरखेत बेचेर आइफोन किन्ने संस्कार सुरु भएको छ । कागती बेचेर ‘लेमन फेन्टा’ खाने बानी छ । मकैबारी बेचेर पिज्जा र बर्गरको स्वाद लिनु परेको छ । अरू घोडा चढे भनेर धुरी चढ्ने चलन छ । उपभोक्तावादी संस्कृतिले हाम्रो गोजीको पैसा शोषण गरेको छ । नक्कलले हामी सम्पन्न होइन गरिब हुने छौं । जसरी अमेरिकन आफ्नो आदतले गरिब छन् ।
हामी नेपालीले हाम्रो आफ्नै उत्पादन बढाउने र उपभोग गर्ने हो भने अथवा आयातित संस्कृति र बढप्पन नदेखाउने हो भने मुस्किलले २० प्रतिशत बाहिरी वस्तु वा खानेकुरा चाहिन्छ । नेपालमा त घरखेत बेचेर आइफोन किन्ने संस्कार सुरु भएको छ । कागती बेचेर ‘लेमन फेन्टा’ खाने बानी छ । मकैबारी बेचेर पिज्जा र बर्गरको स्वाद लिनु परेको छ । अरू घोडा चढे भनेर धुरी चढ्ने चलन छ । उपभोक्तावादी संस्कृतिले हाम्रो गोजीको पैसा शोषण गरेको छ । नक्कलले हामी सम्पन्न होइन गरिब हुने छौं । जसरी अमेरिकन आफ्नो आदतले गरिब छन्।
