काठमाडौ । मैथिली–नेपाली संगीतमा होलीको नयाँ म्यूजिक भिडियो ‘प्रेमक पिचकारी’ सार्वजनिक भएको छ । गीतमा नेपाली तथा मैथिली भाषा संगीत क्षेत्रमा ख्याति कमाएका गायक नितिन गजुरेल र गायिका ज्योती विश्वकर्माको स्वर समेटिएको छ ।
मैथिली भाषा–संगीतका युवा गीतकार विद्यानन्द वेदर्दीको शब्द रहेको यस म्युजिक भिडियोमा अञ्जली अधिकारी र सुधीर श्रेष्ठले अभिनय गरेका छन् । नितिन गजुरेलले कम्पोज गरेको यस गीतलाई भुपेन्द्र रायमाझीले एरेन्ज गरेका छन् । कमल राईको निर्देशन रहेको यस गीतको भिडियोलाई शिव ढकालले छायाकंन गरेका छन् ।
त्यस्तै भिडियोको सम्पादन ,पोस्टर डिजाइन विष्णु खड्काले गरेका छन् भने यस प्रेम–गीति भिडियोमा होलीको मुल मर्म अनुसार आपसी एकताको संदेश दिने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ । गीतमा मिथिलाको पारम्परिक जोगिराको छनक समेत समेटिएको छ । गजुरेलको मैथिली भाषाको यो तेश्रो मैथिली म्यूजिक भिडियो हो । भिडियोमा विद्यानन्द वेदर्दीको प्रस्तुति र पोस्ट प्रोडक्शन सफल मोसन पिक्चरको रहेको छ ।
