सुचना, समाचार र मनोरन्जन

‘छड्के २’ पछि ‘जेरी २’मा अनमोल,दुईका पछि लागेका हुन् ?

काठमाडौं :

अभिनेता अनमोल केसी र आना शर्मा यतिबेला ‘जेरी’को सिक्वेलमा लागेका छन् । नौ वर्षअघिको हिट भएको फिल्म ‘जेरी’को दोस्रो श्रृंखला अर्थात् ‘जेरी : अनटप’को तयारीमा निर्माण टिम लागेको छ ।

हालै फिल्म ‘एक्स नाइन’ छाडेका अनमोल हेमराज बीसीको निर्देशनमा रहने यो प्रोजेक्टमा काम गर्दैछन् । जसमा उनले आना शर्मासँग अनस्क्रिन रोमान्स गर्दैछन् । आना र अनमोलको नौ वर्षपछि एकसाथ सहकार्य हो । केहि साता अघि अनमोलले फिल्म ‘छड्के २’ छायांकन सकेका छन् ।

निर्माण टिममा अनुसार यो फिल्म रिलिजको एक सातापछि फिल्म ‘जेरी’को भाग दुइ छायांकनमा जाने तयारी छ । फिल्म ‘जेरी २’ लाई लुक्ला, सगरमाथा आधार शिविर, काठमाडौं, अष्ट्रेलिया र क्यानडामा छायांकन हुनेछ ।

कमेन्ट्स
Loading...