सुचना, समाचार र मनोरन्जन

असफल फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड अनमोल केसीलाई दिएपछि चर्को आलोेचना

काठमाडौं :

नेपालका अधिकांश अवार्ड विवादित बन्दै आएका छन्। शनिबार अमेरिकामा भएको ग्लोबल नेपाली फिल्म अवार्डको छैटौं संस्करणमा अनमोल केसीलाई अफल फिल्मको उत्कृष्ट अभिनेता घोषणा गरेपछि आलोचना बनेको हो।

स्थानीय क्वीन्सको मेलरोज बलरुममा सम्पन्न अवार्डमा उनलाई फिल्म ‘छड्के२’बाट उत्कृष्ट अभिनेता घोषित गरिएको थियो। त्यसपछि उनको आलोचना भएको हो। अभिनेता केसी अवार्ड पाउने भएपछि नेपाल मात्र नभएर विदेशमा समेत पुग्ने गरेका छन्। आफुले अवार्ड पाउने पक्का भएपछि उनी अमेरिका हानिएका हुन् ।

अनमोललाई आयोजकले सन् २०२३ को ‘स्टार अफ दि एयर’को अवार्ड दिइयो भने नायिकातर्फ भने स्वस्तिमा खड्काले यो अवार्ड जितेकी छिन् । अभिनेता कृष्ण मल्लको नेतृत्वमा यो अवार्ड प्रदान गरिदै आएको छ।

Leave A Reply

Your email address will not be published.