सुचना, समाचार र मनोरन्जन

अनमोलको भाग्य : विवादित कम्पनीसँग मिलेका बाबु आयोजक छोरो अतिथि

काठमाडौं : 

विवादमा मुछिएको सूर्य कर्पोरेसन कम्पनीसँग चलचित्र विकास बोर्डले दुबईमा हुने ‘नेपाल्स् सिनेमा फेष्ट २०२३’ आयोजना गर्दै छ । विवादित छवि बनाएको आरोप लागेको सूर्य कर्पोरेसनसँग बोर्डले सहकार्य गर्न लागेको भन्दै एक साता अघि पत्रकार सम्मेलन गरिएको थियो । अभिनेता समेत रहेका भुवन केसीले विवादित कम्पनीसँग मिलेर अवार्ड गर्न लागेको भन्दै चर्को आलोचना भइरहेको छ ।

आगामी फेब्रुअरी १२ देखि १५ सम्म दुबहीमा हुने फेस्टिभलमा मानव बेचबिखनको आरोप लागेको कम्पनीसँग सहकार्य नगर्न भुवनलाई केहि कलाकार तथा पत्रकारहरुले सुझाव दिइरहेका छन् तर उनले मानिरहेका छैनन् । उनले बरु यसको ढोकछोप गर्दै पैसाको अभावमा सुर्यसँग सहकार्य गर्नु परेको स्पष्ट पारेका छन् ।

गत शनिवार चलचित्र पत्रकार संघ नेपालको आयोजना गरेको दुई दिने कार्यशालाको समापन बोर्ड अध्यक्ष केसीले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारको खोजीसँगै विस्तारका लागि आफुले सहकार्य गर्न लागेको भन्दै आफ्नो ढाकछोप गरेका थिए ।कार्यक्रममा उनले सरकारबाट दुई वटा कार्यक्रम गर्नलाई ५० लाख लिएको र त्यो थोरै भएको तर्क गर्दै निजी कम्पनीसँग सहकार्य गरिएको समेत बताए ।

यो विवादित कम्पनीसँग बोर्डले सहकार्य गरेको भन्दै केहि फिल्मकर्मीले त्यहाँ सहभागी नहुने बताई सकेका छन् । यस वर्षको हिट फिल्म ‘महापुरुष’ले हात झिकेको जानकारी दिइसकेको छ । हरिवंश आचार्य लगायतको अभिनय रहेको यस फिल्मले आफु फिल्म फेष्टिभलमा सहभागी नहुने उदघोष गरिसकेको छ भने अन्य फिल्मले बोलेका छैनन् ।

दुबईको स्टार सिनेमा (अल घुरैर सेन्टर)मा हुने फेस्टिभलमा नेपाली फिल्महरू ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ प्रदर्शन हुनेछन्। रमाइलो कुरा के छ भने बोर्डका अध्यक्ष भुवन केसीले यस फिल्ममा आफ्नो छोरा तथा अभिनेता अनमोल केसीलाई समेत अतिथिमा निमन्त्रणा गरेका छन् । केहि दिन अघि सहभागी हुने कलाकारको नाम र फोटो सहित पोष्टर सार्वजनिक गरिएको थियो ।

जहाँ अनमोल केसीदेखि लिएर नीर शाह, शिव श्रेष्ठ, विजय लामा, ऋचा शर्मा, प्रशान्त ताम्राकार, उपासना सिंह ठकुरी, सन्दीप क्षेत्री लगायत अटाएका छन् । विवादै विवादमा फसेको कम्पनीसँग भुवनले सहकार्य गर्न लाग्नु र अनमोल केसीलाई अतिथिमा निमन्त्रण गर्नुलाई धेरैले आश्चर्य मानेका छन् । भुवन बोर्डमा प्रवेश गरेदेखि नै झन् विवादमा फस्दै आएका छन् । उनले बोर्डमा अध्यक्ष भएपश्चात कुनै गतिलो काम नगरेको आरोप समेत लाग्दै आएको छ । तर, उनी यसलाई स्वीकार गर्ने मुडमा छैनन् ।

कमेन्ट्स
Loading...