पोखरा /
पोखरा उद्योग बाणिज्य संघका महासचिव अर्जुन पोखरेललाई कोरोना पुष्टि भएको छ । उनले आफ्नो फेसबुक मार्फत आफूलाई पनि कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् ।
“ढिलो चाडो धेरैलाई एक दिन कोरोना अवस्य हुन्छ भन्ने मेरो मान्यता थियो र आज त्यो बाट म पनी अछुतो रहन सकिन”, पोखरेलले लेखेका छन्, “सामान्य लक्षण देखिने बित्तिकै विगत १० दिन देखी म होम आईसोलेसनमा बसेको छु र त्यस दिन बाट कसैसँग सम्पर्कमा आएको छैन ।”
उनले आफ्नो स्वास्थ्य केही प्रभावित रहे पनि चिकित्सकसँग नियमित सम्पर्कमा रहेको जानकारी गराएका छन् । सम्पूर्णलाई सतर्क र सुरक्षित रहन आग्रह गर्दै पोखरेलले संक्रमित हुनु कुनै पाप नभएको र संक्रमितलाई घृणा प्रवृतिले नहर्ने अनुरोध गरेका छन् ।
https://www.facebook.com/photo.php?fbid=3760208367345451&set=a.163030460396611&type=3&theater