सुचना, समाचार र मनोरन्जन

शोभितको ‘जय हो’मा अर्पणको इन्ट्रि

काठमाडौं :

शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिलम ‘जय हो’मा नायकमा अर्पण थापा फाइनल भएका छन् । सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्म्सले कलाकार अर्पण थापासँग लिखित सम्झौता गरेको हो । अब फिल्ममा सलोन बस्नेतसँगै अर्पण थापा फिल्मका लागि फाइनल भएका छ्न । यस फिल्मलाई टेक पोरखी राईले निर्देशक गर्दै छन् ।

माघ अन्तिम सातादेखि छायांकनमा जाने फिल्मको काठमाडौँ, पोखरा, र मुस्ताङमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
सुरेश न्यौपानेको कथा रहेको फिल्ममा एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको हो । शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहने यस फिल्ममा सौरभ लामाको छायांकन रहनेछ।

राज के अधिकारी र सुरज सरकारले फिल्ममा लगानी गर्ने भएका छन् । अधिकारी र सरकार जय हो बिजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् । फिल्मको राम्जी राउत क्रियटिभ निर्देशक निर्देशकको रुपमा रहनेछन ।

कमेन्ट्स
Loading...