सुचना, समाचार र मनोरन्जन

‘चित्रा’मा अर्पणको इन्ट्री,निर्माण टिमलाई अब छैन फिक्री

काठमाडौंँ :

पारिवारिक कथामा बन्न लागेको फिल्म ‘चित्रा’ अर्पण थापाको इन्ट्री भएको छ । निर्माण टिमले एक कार्यक्रमकाबीच अर्पण थापा र सन्तोष अधिकारीको मुख्य भूमिका रहने जानकारी दिइएको हो । यो फिल्मलाई अभिनेता अधिकारीले नै निर्माण गर्न लागेका हुन्।

भदौबाट छायांकनमा जाने फिल्मको सुटिङ देशको विभिन्न स्थानमा हुनेछ । मध्यमवर्गीय बाबु र छोरीको कथालाई फिल्मले बोल्ने छ। घनश्याम लामिछानेले निर्देशन गर्न लागेको फिल्म ‘चित्रा’ एसाप इन्टरटेनमेन्टको प्रस्तुति रहेको छ। सन्तोष अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा भावना पन्तको समेत लगानी रहनेछ ।

निर्देशक लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’ प्रदर्शनको तयारीमा छ । यस अघि उनले ‘धौली’, ‘पञ्चेबाजा’, ‘अग्नि दहन’ लगायतका फिल्म निर्देशन गरेका थिए ।

कमेन्ट्स
Loading...