सुचना, समाचार र मनोरन्जन

लुटपाटमा संलग्न दुई जना पक्राउ

  •  
  •  
  •  
  •  

काठमाडौं /  वीरगंज महानगरपालिका-११ श्रीपुर बस्ने ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१६ बस्ने १९ वर्षीय निरज नट र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज राय रहेका  छन्। वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित तरकारी बजारमा तरकारी किन्दै गरेको अवस्थामा ती महिलाको सिक्री लुट्ने उनीहरुलाई तत्कालै अस्थायी प्रहरी पोष्ट घण्टाघरको टोलीले पक्राउ गरेको हो।

उनीहरु उपर पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

कमेन्ट्स
Loading...