सुचना, समाचार र मनोरन्जन

पच्चिस वर्ष द्धन्द निर्देशन गरेको अनुभव फिल्म ‘गुञ्जन’मा पोखेको छु : अष्ट महर्जन

काठमाडौं : 

एक समय थियो नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिफिल्म ‘सिन्दुर,गहना’ नहेरी नसत्नुे दर्शकको चाम । त्यो समय टेलिभिजनबाट प्रसारण हुने हरेक सिरियल दर्शकले नछुटाई हेर्थे । हरेक नेपालीहरुले साँझ टेलिभिजनको पर्दामा नछुटाई हेरिने सिरियलमध्ये हो,गहना,सिन्दुर । यहि सिरियल हेर्नका लागि दर्शक कति बेला साँझको साढे ८ बज्ला भनेर कुरेर बसेका हुन्थेँ । त्यहाँ हुने द्धन्दलाई आफ्नो कलात्मक रुपले दर्शकमाझ प्रस्तुत गरिरहने एक चर्चित निर्देशक तथा कलाकार हुन् अष्टमान महर्जन ।

फोटो : सुरेन्द्र थापा

नेपाली फिल्म क्षेत्रमा तीन दशकदेखि द्धन्द कलाकार तथा निर्देशकका रुपमा काम गर्दै आइरहेका छन् । उनकै द्धन्द्र निर्देशनमा नेपालका चर्चित कलाकारहरुले एक्सन देखाइसकेका छन् । दुई समय भन्दा बढि फिल्ममा द्धन्द निर्देशन गरिसकेका महर्जनले पहिलो पटक नेपाली दर्शकमाझ फिल्म ‘गुञ्जन’ लिएर आएका छन् । उनी यहिमार्फत फिल्म निर्देशकमा हात हालेका छन् । उनीसँग भोला अधिकारीले निर्देशक महर्जनका जिवनमा भोगेका कठिनाईका साथै फिल्म ‘गुञ्जन’का बारेमा कुराकानी गरेका छन् ।

फिल्मको प्रचारप्रसार कतिको भइरहेको छ ?

अहिले व्यापाक नै रुपमा गरिरहेको छु जस्तो लाग्छ । जे होस् राम्रै भइरहेको छ ।

द्धन्द निर्देशकका रुपमा काम गर्दा गर्दै फिल्म निर्देशनमा नै होमिनु भयो नि,किन ?

मेरो सोच धेरै पहिलादेखि नै थियो । तर,यति छिट्टै नै फिल्म निर्देशन गर्छु भन्ने थिएन। यस फिल्मका निर्माता हिराकृष्ण शाही हुनुहुन्छ । उहाँले दाई एउटा फिल्म बनाउनु पर्यो भन्नुभयो । त्यसपछि हामी दुइजना होमवर्क गर्न बस्यौ,कथा फाइनल गर्यो र कलाकार छनोट अनुसार फिल्ममा निर्देशन गरेको हो ।

तपाईको विगतबाट नै कुरा सुचारु गर्न चाहान्छु । तपाईको चलचित्रमा प्रवेश कसरी भयो,यसबारेमा प्रस्ट पारिदिनु न ?

वि.स.२०४८ सालमा म स्कुल पढिरहेको थिए । त्यो बेलामा नेपाल टेलिभिजनमा प्रहरी अनुरोध भन्ने कार्यक्रम आउथ्यो । त्यो कार्यक्रममा मेरो घर नैकाप (काठमाडौं) छेउको दाई अमृत मगरले काम गर्नुहुन्थ्यो । उहाँले त्यो सिरियलमा अभिनय गरेको देखेपछि मलाई पनि काम गर्न मन लाग्यो । किनभने हाम्रो तिर उहाँलाई सबैले चिन्थे । मलाई पनि त्यस्तै चिनिन पाएदेखि हुन्थ्यो भन्ने लाग्यो । अनि त्यो दाईलाई मैले पनि खेलाई दिनुपर्यो भने । उहाँले मलाई दुइ तिन ओटा सिरियलमा खेलाई दिनुभयो । मेरो यहिबाट फिल्म नगरीमा प्रवेश भएको हो ।

द्धन्द कलाकारकै रुपमा प्रवेश भयो कि,अन्य कारणले ?

होइन, म खासमा कलाकारका रुपमा आउन चाहेको हो । म यता आउँछु भन्ने पनि थिएन । वि.स.२०४९ सालमा एसएलसी दिएपछि ताहाचाल कलेजमा ‘ल’मा भर्ना भए । यता पढिरहेको र सिरियल खेलिरहेको सिलसिलामा अमृतमान महर्जन र प्रकाश श्रेष्ठ मेरो दाई हुनुहुन्छ । उहाँसँग भेट भयो । प्रकाश दाई चाही त्यो समयको क्यामेरामेन हुनुहुन्थ्यो । उहाँले मलाई सोभित बस्नेतसँग भेट गराइदिनुभयो । शोभित बस्नेतसँग भेटेपछि मैले उहाँसँग एउटा सिरियल र अमृत मान महर्जनको ‘मौनता’ भन्ने मा काम गर्ने मौका पाए । यहि सिलसिलामा मैले वि.स.२०५२ सालमा आइ ए दोस्रो वर्ष पढिरहेको थिए यहि बेला नन्दुश्री बास्तवको फिल्म ‘राजकुमार’मा जोडिने मौका पाए । यो फिल्मलाई सोभित बस्नेतले निर्देशन गर्नुभएको छ । जहाँ धिरेन शाक्य हिरोको भुमिकामा हुनुहुन्छ । यो फिल्ममा फाइट डिेरक्टर किशोर मानन्धर हुनुहुन्थ्यो ।यो फिल्मको लागि मलाई प्रकाश दाईले विरगंज पठाइदिनुभयो । यहिबाट मैले द्धन्द कलाकारको रुपमा काम गरे । यो फिल्ममा काम गरेपछि एकदमै रमाइलो भयो । दैनिक पिकनिक जस्तो पनि लाग्यो । यता तिर रमाइलो लागेपछि यता यतै फिल्ममा द्धन्द कलाकारको रुपमा काम गरे । फिल्ममा नै रमाउन थालेपछि पढाई पनि छोडे र यतातिरै लागे । मेरो द्धन्द यसरी प्रवेश भएको हो।

द्धन्द निर्देशक हुन्छु भन्ने सोचाई थियो ?

मेरो त्यो बेलामा कुनै सोच थिएन । कलाकार बन्छु भन्ने नै थियो । फेरि प्रकाश दाईले नै फाइट डिरेक्टर रोशन श्रेष्ठसँग भेटाईदिनुभयो । रोशन दाईसँग भेट गराइदिएपछि राजेन्द्र खड्गी,एनबी महर्जनसँग भेटघाट भयो । उहाँहरुसँग भेटघाट हुन थालेपछि मैले कन्टिन्यु फाइटर भएर काम गर्न थाले । मेरो यो समयमा राजेन्द्र दाई भन्दा एनबी दाईसँग लगाव भयो । एमबी दाईसँग काम गर्दा गर्दै धेरै कुराहरु सिक्ने मौका पाए । मेरो गुरु नै एनबी महर्जन माने र काम गरिरहे । निर्देशकको अनुभव बटुलिरहेको बेला मलाई म्युजिक निर्देशक दीपक परिकोटी दाईले एउटा म्युजिक भिडियोमा द्धन्दकै काम दिनुभयो ।
त्यो काम मन परेर उहाँलै नै टेलिफिल्ममा काम दिनुभयो । त्यो टेलिफिल्म प्रशारण चाही भएन र नाम पनि के राखिएको थियो अहिलेसम्म नि मलाई जानकार छैन । त्यसपछि मलाई योगेश घिमिरेले फाइट डिरेक्टरको काम दिनुभयो । त्यो समयमा टेलिफिल्म ‘सिन्दुर,गहना’ निर्देशन गरिरहनुभएको थियो । यसरी म अगाडी आएको हो ।

टेलिफिल्ममा त निकै नै द्धन्द निर्देशनको काम गर्नुभयो । अनि फिल्ममा चाहीलाई कसले र कुन फिल्मबाट चान्स पाउनुभयो ?

मैले टेलिफिल्ममा फाइट डिरेक्टरको काम गरेपछि मलाई बसन्त निरौला र लक्ष्मण रिजालले चाही मलाई फिल्मका लागि अफर गर्नुभयो । उहाँहरुले भिडियो फिल्म ‘कसम’ भन्ने निर्माण गर्न लाग्दै हुनुहुन्थ्यो । त्यसमा मलाई अफर गर्नुभयो । त्यसमा काम गरेपछि बसन्तकै निखिल उप्रेती भएको फिल्म ‘विजयपथ’ मा काम गर्ने मौका पाए । पहिलो पटक ठुलो फिल्ममा काम गर्ने अवसर पाए । यहाँ काम गरेपछि फेरि दीपक परिकोटी दाईले ‘तेजा’ फिल्म बनाउनुभयो । उहाँले यसमा पनि मलाई काम दिनुभयो । त्यसपछि फिल्म ‘तहल्का डटकम’मा काम गरेर यसरी मैले फिल्मको द्धन्द निर्देशनमा अगाडी बढे र फाइट डिरेक्टरका रुपमा म चिनिन थालेको हो ।

फिल्ममा फाइटको सिन गर्दा त निकै दुर्घटना परेको समाचार बेला बखत सुनिदै आएको छ । तपाई पनि यस्तो कुनै घटनामा पर्नुभएको छ कि,छैन ?

फाइटको सिनमा कहिलेकाँही चोटपटक लाग्न सक्छ । मलाई पनि केहि फिल्महरुमा चोटपटक लागेको पनि छ । नलागेको भन्ने छैन । फिल्म ‘इज्जत’ मा फाइट सिन गर्दा त्यो बेला चलेको हिरो गणेश उप्रेती दाईले किक हान्दा ओठको छेउमा लागेको थियो । लाइट टल्केको हुनाले होला उहाँले नदेखेर पनि हुन सक्छ । पछि गणेश दाईले सरि माग्नुभयो । त्यस्तै अर्को फिल्म थियो निखिल उप्रेतीको । त्यो फिल्ममा सुनिल दत्त पाण्डेले हेल्मेट हान्दा मेरो ओठमा लागेको थियो । त्यो बाहेक मलाई ठुलो चोटपटक भने लागेको छैन । दोस्ती भन्ने फिल्ममा चाही मेरो गुरु एनबी महर्जन हुनुहुन्थ्यो फाइट डिरेक्टर । म यो फिल्ममा सहायक द्धन्द निर्देशक थिए । यो फिल्ममा पेट्रोलको ब्लास्टिङ गर्ने क्रममा चाही उछिटिएर मेरो टाउकोमा परेको थियो । टाउको पालेको हुनाले मलाई हत्तार हत्तारमा बल्खु हस्पिटल ल्याइयो । यो नै मेरो ठुलो दुर्घटना हो ।

अभिनयमा इन्ट्रेस भएको मान्छे,तपाईलाई कहिलै हिरो बन्छु भन्ने लागेन? यतिका हिरो हिरोइनलाई फाइट सिकाउँदा खेरि ?

मलाई हिरै हुन्छु भन्ने त लागेन । एक पटक मलाई रामजनकले चाँही हिरोका लागि अफर गर्नु भएको थियो । करिब दुइ दशक अघिको कुरा हो । उहाँले ‘मैदान’ भन्ने फिल्ममा अफर गर्नुभएको थियो । हिरो खेल तिम्रो एक्सन अभिनय पनि राम्रो छ भन्नु भएको थियो तर, मैले खेलिन् । मैले उहाँलाई दाई,‘म हिरो खेल्दिनँ । मेरो रुप पनि हुनुपर्यो । म आफुले आफैले रुप चाँही राम्रो लाग्दैन । त्यहि भएर दाई म फिल्म खेल्दिनँ । बरु म फाइट भएर काम गर्छु भने ।’

अभिनय र फाइटमा कुन मज्जा हुने रहेछ ?

अभिनय गर्दा र फाइटमा छुट्टै मजा हुन्छ । अभिनय गर्दा सबैतिर चिनिने,ओहो पलना त टिभीमा फिल्ममा देखेको भन्ने । अब एक्सन गर्दा चाँही आफुले बाहेक कसैले नचिन्ने । कसैको नोटिसमा नै नपरिने भएर यसमा आ–आफ्नै रमाइलो छ । कुनै कुनैमा चाँही मेरो गुरुले अनुहार चिनिने गरि खेलाईदिनुभयो ।

द्धन्द निर्देशक गर्दा गर्दै आफै फिल्म निर्देशनमा होमिनु भएको छ । अब द्धन्द छोडेर फिल्म निर्देशन गर्न थाल्नु भएको हो ?

सुरुमा म द्धन्द निर्देशक हुन्छु भन्ने पनि लागेको थिएन । म एउटा कलाकार भएर रहरै रहरमा लागे । अब पढाई नै छोडेर फिल्ममा लागेको छु । कलाकारमा राम्रै हुँदै गर्दा फाइट कलाकार भए । यसरी काम गरिरहदा क्यामेरामेन प्रकाश दाईले चाँही द्धन्द कलाकार मात्र नभएर नबस यसो एङ्गलहरु पनि हेर्दै गर भन्नुभयो । मैले सोही अनुसार हेर्दै गए । मलाई के थाहा त्यो एङ्गल द्धन्द निर्देशनमा काम लाग्छ भनेर । मैले द्धन्द निर्देशक हौला भनेर सोचेको पनि थिइनँ । लहै लहैमा दाईहरुको सपार्टमा लागेर द्धन्द निर्देशक बनेको हो । अहिलेसम्म काम गरेको करिब ३ सय हाराहारी फिल्मको अनुभव मैले फिल्म ‘गुञ्जन’मा हालेको छु ।

द्धन्द कलाकार र द्धन्द निर्देशकमा के फरक पाउनुभयो ? तपाईको आफ्नो अनुभव सुनाईदिनु न ?

द्धन्द कलाकार हुँदा सिमित मात्रामा दर्शकहरुले चिन्ने भए । द्धन्द निर्देशक हुँदा नाम पनि हुने काम पनि हुने र सम्मान पनि पाइने रहेछ । मेरो अनुभवमा ।

तपाईले द्धन्द निर्देशकमा दुइ दशक भन्दा लामो समय बिताइसक्नुभएको छ । अब फिल्म निर्देशक नै भएर ‘गुञ्जन’मार्फत दर्शकमाझ आउनु भएको छ ? के अब निर्देशकमा नै रहने कि द्धन्दमा पनि फर्किने ,के छ तपाईको सोच ?

मैले फिल्म निर्देशनमा हात हाल्छु भन्ने अहिले नै सोचेको थिइनँ । अहिले यो फिल्म ‘गुञ्जन’का निर्माता हुनुहुन्छ हिराकृष्ण शाही । उहाँले दाई एउटा फिल्म बनाउन म फिल्म बनाउन चाहान्छु भन्नुभयो । उहाँको यो चार वर्ष अघि देखिको प्लानिङ थियो । मैले अहिले नबनाउने भनेको थिए तर उहाँले अहिले बनाम,पछि जे पर्ला पर्ला भनेपछि यसको कथा,कलाकार लगायतको विषयमा छनोट गरियो र निकै होमवर्कपछि फिल्मको छायांकन गरिएको हो । कोरोना आउनु भन्दा केहि दिन अघि मात्रै फिल्मको छायांकन थालिएको थियो । त्यसपछि कोरोनाले अलमल पार्दा पार्दा बल्ल यति बेला रिलिज गर्ने समय जुरेको छ ।

तपाई अब निर्देशक कि द्धन्द निर्देशक ? यि दुईमा के भनेर आफुलाई चिनाउन चाहानुहुन्छ ?

म आफुलाई द्धन्द निर्देशक नै भन्न रुचाउँछु । मेरो पेशा नै यहि ।

फिल्म हलमा लाग्ने समय हुन लागेको छ । केहि दिन मात्रै बाँकी रहेको छ। दर्शकले फिल्म ‘गुञ्जन’ किन हेरिदिनुपर्ने,के छ नयाँ ?

मैले हरेक फिल्ममा द्धन्दको हिसावले नयाँपन दिदै आएको थिए । यस फिल्ममा पनि दर्शकका लागि केहि नयाँ अवस्य भेटाउनु हुनेछ । दर्शकले कस्तो खाल्को फिल्म हेर्न रुचाउँछन् भन्ने अनुसन्धान गरेर दर्शकको रोजाई अनुरुप नै फिल्म निर्माण गरेको छु । अघिल्ला फिल्ममा भन्दा यो फिल्मबाट दर्शकको माया अत्यधिक रुपमा पाउनेछु भन्ने मलाई लाग्छ ।

फिल्म प्रचार प्रसारमा अलिक कम भएको हो की ?भन्ने मलाई लागेको छ । किन यस्तो भयो ?

अलिक कमी भएको मैले पनि महशुस गरेको छु । फिल्म प्रचार गर्नका लागि यस फिल्मकी हिरोइन् सारा श्रीपाली दुबहीमा जवमा हुनुहुन्छ । उहाँलाई त्यहाँ काम गर्दागर्दै नेपाल आउनुस् भन्न पनि सकिएन । फिल्म रिलिजको समयमा आउनुहुन्छ कि भन्ने आस छ । यस फिल्मका नायक पनि उतै हुनुहुन्थ्यो, मैले सुने अनुसार केहि दिन अघि नेपाल आउनुभएको छ । भेट भएको छैन । सायद केहि दिनमा भेट होला ।यस फिल्मका अर्का कलाकार सरोज खनाल अमेरिका र अन्य कलाकारहरु पनि बाहिर बाहिरै भएको हुनाले प्रेसमिट राखेर कुरा गर्न सकिराखिएको छैन । प्रचारप्रसारमा आफुले सक्दो गरिराखेका छौँ आफ्नो तर्फबाट ।

फेरि एउटा कुरा जोडी हाल्न मन लाग्यो । तपाईले निर्माण गर्ने फिल्म एक्सनै एक्सनले भरिपुर्ण हुनुपर्ने तर, लभस्टोरी पो बनाउनुभएको छ ? किन होला ?

धेरैले यहि प्रश्न गर्नुभएको छ । तर, अलिक पृथक बनाउन भनेर नै लभस्टोरी फिल्म निमार्ण गरेको हो । यस फिल्मको टाइटल गुञ्जन छ । यो मन भित्रबाट आउने एउटा तरंग हो । तर मैले त्यो तरंगलाई गुञ्जन नाम नदिएर फिल्मको एउटा पात्रको नाम दिएको हो ।

यो फिल्मसँगै अर्को फिल्म पनि भिडिरहेको छ । तपाईलाई कतिको डर छ ?

मलाई रियलमा भन्नु पर्दा डर छैन । मेरो मुभि अहिले रिलिज भयो भने अर्को फिल्म ठोकिने नै हो। त्यस्तै मैले पछि गर्दा पनि अर्को मुभि जुध्ने नै हो । त्यस कारण मलाई त्यस्तो डर छैन । मलाई एउटा के खुशी पनि लागेको छ भने मेरो फिल्मसँग जसको फिल्म आउँदैछ । त्यो फिल्म मेरो आदरणिय दाई सबिर श्रेष्ठको हो । म भन्दा अग्रज र सिनियर डिरेक्टर । उहाँको फिल्मसँग मेरो फिल्म जुद्धा मलाई कुनै आपत्ति छैन बरु एकदम खुशी छु ।

कमेन्ट्स
Loading...