एजेन्सी :
चर्चित बलिउड अभिनेत्री अथिया शेट्टी विवाह बन्धनमा बाँधिएकी छन् । उनले क्रिकेटर केएल राहुलसँग सोमबार विवाह गरेकी हुन् । अभिनेत्री अथियाले विवाहका तस्बिरहरु इन्स्टाग्राममा शेयर गरेकी छन् ।
उनले श्रीमान केएलसँगको तस्विर शेयर गर्दै क्याप्सनमा ‘तिम्रो उज्यालोमा मैले माया गर्न सिकें । आज, हामीले विवाह गरेका छौं, जसले हामीलाई अपार आनन्द र शान्ति दिएको छ । कृतज्ञता र प्रेमले भरिएको हृदयले, हामी एकताको यो यात्रामा तपाईंको आशीर्वाद चाहन्छौं ।’
राहुल र अथिया चार वर्षदेखि प्रेममा थिए । उनलाई अहिले सामाजिक सञ्जालमा वैवाहिक जिवनको शुभकामना शुभचिन्तक तथा फ्यानहरुले बर्साइरहेका छन् ।
भारतिय समाचारका अनुसार उनीहरुको विवाहमा दुई पक्षका परिवारका साथै उनीहरुका साथीसहित सय हाराहारीको उपस्थिति रहेको थियो ।अथिया बलिउड सुपरस्टार सुनिल शेट्टीकी छोरी हुन् ।