सुचना, समाचार र मनोरन्जन

नाइजेरियामा बोको हरामको भीषण हमला, ११० जना किसानहरूको मृत्यु

एजेन्सी /

नाइजेरियामा सशस्त्र समूहको भीषण हमलामा कम्तिमा ११० जना किसान मारिएका छन् । त्यहाँको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामीण भेगमा बोको हरामले गरेका हमलाबाट ती किसानहरूको मृत्यु भएको हो ।

Parichay

समाचार एजेन्सीहरूका अनुसार प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएका थिए । तर पछि अन्य ग्रामिण भेगमा पनि ७० जनाको हत्या भएको बताइएको छ । शनिबार भएको उक्त हमालामा जम्मा ११० किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले प्रकाशित गरेका छन् ।

नाइजेरियाका ग्रामिण इलाकामा सशस्त्र समूह बोको हराम सक्रिय रहँदै आएको छ । त्यहाँस्थित संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक संस्थाले सुरुमा मोटरसाइकलमा आएका मानिसले खेतमा काम गरिरहेका किसानलाई लक्षित गरी हमला गरेको बताएको छ ।

बोको हराम र इस्लामिक इस्टेट जस्ता अतिवादी समूहद्वारा पछिल्लो एक दशकमा त्यहाँका तिनै ग्रामीण इलाकामा मात्रै ३० हजार मानिस मारिएका छन् । साथै थुप्रै मानिस छिमेकी नाइजर, चाड र केमरुन लगायत देशमा विस्थापित भएका छन् ।

Comments
Loading...