काठमाडौं :
नाट्यश्वर म्युजिक अवार्डको तेस्रो संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक समारोहकाबीच उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो।
अवार्डमा वि.सं. २०७७ असारदेखि ०७९ असार मसान्त सम्मका गीतबाट आवेदन माग गरिएको थियो । सोही बमोजिम आवेदन दिएका गीतहरुमध्येबाट उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो ।
कार्यक्रमका निर्देशक किरण अधिकारीका अनुसार मनोनयनमा परेकालाई प्रमाण पत्र वितरण गरिएको छ । ‘नाट्यश्वर भगवान हामी सबै कलाकारको शान, कला कालाकारिताको जर्गेना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ यो अवार्ड सुरु गरिएको समेत अधिकारीले बताए ।
कार्यक्रममा चलचित्रकर्मी तथा निर्देशक लय संग्रौला, अन्तर्राष्ट्रिय मेलाका संयोजक आर.सि. कोईराला, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का लगायत कलाकारहरुको जमघट रहेको थियो । ‘तेस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयनमा पर्न गीत तथा श्रष्टाको नामावली निम्नानुसार छन् ।