सुचना, समाचार र मनोरन्जन
Tiger Cup

ग्लोबल नेपाली फिल्म अवार्डको छैठौं संस्करण अमेरिकाको न्युयोर्कमा

काठमाडौं : 

आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापनमा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकेका फिल्मीकर्मी अवार्ड वितरण गर्दै छैटौ संस्करणको घोषणा गरिएको छ ।

काठमाडौंमा भएको कार्यक्रममा ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारा लिएर अघि बढेको ग्लोबल नेपाली फिल्म अवार्डले प्राबिधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएका तर अवार्ड बिजेता फिल्मकर्मी, संचारकर्मी तथा स्पोन्सरहरुलाई अवार्ड सम्मान तथा मायाको चिनो प्रदान गरिएको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले जानकारी दिए ।

अवार्ड समापन कार्यक्रममा प्रदेश सभा सदस्य माननीय मदु कुमार श्रेष्ठ, चलचित्र विकाव बोर्डका अध्यक्ष भुवन केसी,फिल्मकर्मी तथा कलाकार नीर शाह,मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, प्रेमराजा महत, रबिन्द्र खड्का, नवल खड्का, मोहन निरौला, शर्मिला मल्ल, बसुन्धरा भुसाल, चैत्य देबी, शर्मिला मल्ल, बिष्णु गोपाल श्रेष्ठ, नारायण प्रधान, अर्जुन जंग शाही, दिनेश डिसी, नारायण पुरी, यज्ञलाल श्रेष्ठ, छविराज जोशी लगायतको बाक्लो उपस्थिति रहेको थियो।
विगत ५ वर्षदेखि फिल्मकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना हुदै आएको ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताए ।

अवार्ड समापन कार्यक्रममा बिशिष्ठ संगीतकार संगीत रत्न शम्भुजीत बास्कोटालाइ लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो भने हरि बहादुर थापालाई गेहेन्द्र धिमाल स्मृति अवार्ड, बेष्ट एक्टर अफ द ईयर दिपक राज गिरीलाई प्रदान गरिएको थियो । अन्यलाई मायाको चिनो प्रदान गरिएको थियो। सोही कार्यक्रममा ग्लोबल नेपाली फिल्म अवार्ड–२०२३ को छैठौं संस्करण संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा आगामी २०२३ अगष्ट १२ तारिखमा हुने जानकारी गराइयो । सोसाईटीका अध्यक्ष कृष्ण मल्लले घोषणा आगामी अवार्ड अमेरिका हुने बताएका हुन् ।

कमेन्ट्स
Loading...