काठमाडौं :
चीनले बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार २’लाई प्रदर्शनको अनुमति दिएको छ । निकै समयको अन्तरालमा हलिउडले प्रदर्शनको अनुमति पाएको हो । वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी स्टुडियोले चिनियाँ सामाजिक संजाल वेइबोमार्फत यसबारे जानकारी दिएको हो ।
चिनमा प्रदर्शनको अनुमति पाएसँगै भारतमा फिल्मको अग्रिम टिकट विक्री सुरु भएको छ । भारतिय सञ्चारमाध्यमका अनुसार राती १२ बजे पहिलो शोको अनुमति पाएकोह ो । नेपालमा पनि फिल्म पुस १ गते रिलिजको तयारी रहेको छ। सन् २००९ मा अवतारको पहिलो श्रृंखला रिलिज भएको थियो ।
