सुचना, समाचार र मनोरन्जन
Election Commission V2

‘बाबरी’ हेरेपछि पुनले भने,‘फिल्मका कलाकारको अभिनय मन पर्यो’

काठमाडौं : 

शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘बाबरी’ले राम्रो दर्शक पाएको छ । यस फिल्मले घरेलू बक्सअफिसमा सुखद् सुरुवात गरेको हो । शुक्रवार हलमा खासै दर्शकको चहलपहल नदेखिए पनि शनिवार भने हलमा दर्शकको खचाखच भिड लागेको देखिन्थ्यो ।यो फिल्म सहित दुई ठूला विदेशी फिल्म प्रदर्शनमा आएको थियो । तर, पनि अहिले दर्शकको साथ बाबरीलाई मिलेको निर्माण पक्षले जानकारी दिएका छन् ।

हलमा दर्शकको चाप बढेपछि शनिवार उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ्ग’ले श्रीमती सहितको टिम लिएर बिग मुभिजमा ‘बाबरी’ हेर्न पुगेका थिए । फिल्म हेरिसकेपछि उपराष्ट्रपति पुनले फिल्मको कथावस्तु मन पर्नुका साथै फिल्मको गीतसंगीतले आफुलाई तानेको बताए ।
उनले फिल्मका कलाकारको अभिनय असाध्यै मन परेको भन्दै प्रशंसा गरे । उनले फिल्मको छायांकन पनि उत्कृष्ट रहेको प्रतिक्रिया दिए ।

सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘बाबरी’मा अभिनेता द्वय धिरज मगर,धिरज नाडकर, अदिती बुढाथोकीको मुख्यु भुमिका रहेको छ । यहि फिल्मबाट धिरज नाडकरले फिल्ममा डेब्यू गरेका हुन् । उनी नेपाली चर्चित अभिनेत्री तृप्ति नाडकरका छोरा रहेका छन् ।

फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको पनि अभिनय देख्न सकिन्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्ममा निर्देशक पौडेलकै कथा रहेको छ । अदितीका बुबा–आमा गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्मको निर्माण गरेका हुन् ।

कमेन्ट्स
Loading...