सुचना, समाचार र मनोरन्जन
Election Commission V2

प्रदीप खड्कापछि बोर्ड अध्यक्षको राजिनामा ‘माग्यो बाबरी टिमले

काठमाडौं : 

चलचित्र विकास बोर्डको अध्यक्ष बनेसँगै आलोचित बनेका भुवन केसीको राजिनामा माग्न थालिएको छ । प्रदर्शनमा अन्याय भएको भन्दै अभिनेता प्रदीप खड्का पछि फिल्म ‘बाबरी’का निर्देशक सुरेन्द्र पौडेल र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले समेत बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् ।

सोमबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलन गर्दै हलवालाले ‘बाबरी’लाई अन्याय गर्दा बोर्ड मुकदर्शक बनेको आरोप लगाउदै राजिनामा मागेका हुन् । यहि कार्यक्रममार्फत निर्माता संघका अध्यक्ष खड्काले एक सातापछिबाट बोर्डविरुद्ध आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

नेपाली फिल्मको हितको बारेमा बोर्डले काम गर्न नसकेको भन्दै निर्देशक पौडेलले बोर्डमा बसिरहनु भन्दा केसीले पद छाड्दा राम्रो हुने सुझाव थिए । शुक्रबारदेखि रिलिज भएको फिल्म बाबरीको शोज समय र विभाजनमा हल संचालकले विभेद गरेको भन्दै निर्माण टिम बोर्डप्रति आक्रोशित बनेको हो ।

कमेन्ट्स
Loading...