सुचना, समाचार र मनोरन्जन

बागमती प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण २०७८ सम्पन्न

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न गरेको छ । पुष १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई हप्ता सात वटा लोकबाजाबारे प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणको दौरान कम्तिमा १३५ जना बढी युवाले लिम्बु जातिको च्याब्रुङ, राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथा बाँसुरी र सारङ्गी बाजा बारे प्रशिक्षण लिने अवसर पाएका थिए । च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमा दीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्ना डम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारङ्गीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले प्रशिक्षण दिएका थिए । यस कार्यलाई प्रभावकारी बनाउन लोकबाजा सम्बद्ध सामुदायिक संस्थाहरु किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल तामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापति खलसँग आवश्यक परामर्श सहित स्थानीय व्यवस्थापनका लागि सहकार्य गरिएको थियो ।

British college

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसंगको धार्मिक, साँस्कृतिक सम्बन्ध बारे जानकारी दिने, बाजा बन्ने बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथा पश्चिमी संगीत पारम्भिक ज्ञान, मेट्रोनममा बाध्यबादन अभ्यास सुरुवात, बाजानुसारको संगीत संयोजन गरि त्यसैनुसार अभ्यास, सुरताल बोल स्वरलिपिमा लेखन अभ्यास गराइएको थियो । संगीत संयोजनबारे जानकारी, सामुहिक बादन विधि तथा अभ्यास, ब्यावसाहिक बाध्यबादक बन्न हुनु पर्ने पुर्बधार ज्ञान, अन्य बाजाहरुसंग समिश्रण गर्ने अभ्यास तथा प्रदर्शनस, आधुनिक प्रबिधि तथा रेकर्डिङबारे जानकारी, बरिष्ठ संगीत बिज्ञहरुबाट संगीतिक अन्तरक्रिया तथा कार्यशालाको समन्वय गरि कार्यक्रम संचालन गरिएको प्रतिष्ठानका सङ्गीतविभाग प्रमुख प्राज्ञ अशोककुमार राईले बताए ।

यसै अवसरमा पुष ३० गते राष्ट्रिय नाचघर जमलमा साङ्गीतिक प्रस्तुतिसहित प्रशिक्षण समापन कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रशिक्षणका दौरान सिकेको आआफ्ना आकर्षक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । प्रस्तुति हेरिसकेपछि साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विभिन्न कारणले नेपालको लोकसंस्कृतिको दस्तावेज तयार गर्न राज्यपक्ष पछि परेको बताए । उनले भने,‘देशजतिकै संस्कृति महत्वपूर्ण रहने चर्चा गर्नु हुँदै ‘संस्कृति खरानी भए हामी बाँकी रहँदैनौँ ।’

त्यसै गरी संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले युवापुस्तामा सामाजिक सञ्जाल, मिडिया, सूचनाप्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानुले लोकसंस्कृति संरक्षण गर्न यस्ता प्रशिक्षणले निरन्तरता पाउनुपर्ने बताए । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु हुँदै प्राज्ञ राईले मौलिक लोकबाजालाई मूलधारको व्यवासायिक सङ्गीतसँग जोड्न, लोकसङ्गीतको स्वरलिपि तयार गरी, त्यस आधारमा लोकबाजा बजाउन सक्ने वाद्यवादकहरु तयार गर्न प्रतिष्ठानले थप प्रशिक्षणहरु सञ्चालन गर्ने प्रतिबद्धता जनाए । साथै माघको दोस्रो हप्ताबाट सर्लाहीको हरिवनमा ढोलक तथा मादलको प्रशिक्षण सञ्चालन हुने जानकारी गराए ।

कमेन्ट्स
Loading...