काठमाडौं :
अम्बिका थापा निर्मित सुन्दर म्यजिक भिडियो त्रिमूर्ति ईन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको सुमधुर स्वर समेटिएको ‘सुगर फ्रि…’ गीतमा युवा पुस्ताका चल्तिका संगतिकार राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन रहेको छ ।
मनोज परियारको मिक्सिङ र माष्टरिङ रहेको भिडियोमा सागर लम्साल (बले), अञ्जली अधिकारी र श्रीदेब भटराईको अभिनय रहेको छ । नवराज उप्रेतीको छायांकन,बिमला तामाङको मेकअप, दिपक सिंहको कोरियोगा्रफी, विकास ज्ञवालीको सम्पादन रहेको भिडियो संगीतकार राजेन्द्र बजगाई आफैले निर्देशन गरेका हुन् ।
