झापा :
मोफसलबाट पनि राम्रा राम्रा सर्ट फिल्म निर्माण भइरहेका छन् । नेपालको पुर्वको झापाबाट छोटो चलचित्र ‘बलेको राजनिती’ सार्वजनिक भएको छ । समसामयिक विषयवस्तुमा आधारित छोटो फिल्म निर्माण भएको हो ।
यूके मिडिया एण्ड इन्टरटेनमेन्टको निर्माण तथा प्रस्तुती रहेको चलचित्रमा राजनिती र प्रेमबाट उत्पन्न हुने बिभिन्न उतार चढावलाई रोचक ढंगले प्रस्तुत गरिएको छ । उमेश पौडेलको परिकल्पना तथा निर्देशनमा तयार भएको भिडियोमा कबड्डी फिल्मका बि.के. अर्थात बिजय बरालको अभिनय गरेका छन् । उनलाई बि.केको जस्तै रुप,अभिनयलाई पर्दामा उतारेका छन् निर्देशक उममेश पौडेलले ।

यस सर्ट फिल्ममा बिजय राई,हेमा नेपाली, उमेश पौडेल, अरुण लिम्बु,जंग बहादुर खड्का,इश्वर शर्मा लगायतको अभिनय देख्न सकिन्छ । पुर्वका विभिन्न स्थानमा छायांकन भएको भिडियोलाई तिलक रिजालले खिचेका हुन् । त्यस्तै भिडियो सम्पादन पनि उनैको रहेको छ ।