काठमाडौं :
काठमाडौ महानगर पालिका मेयर तथा र्यापर बालेन्द्र शाह (बालेन) ले आइतवार राष्ट्रिय सभागृहमा ११औं नगरसभा अधिवेशनमा आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रममा फिल्म तथा नाटकलाई प्राथमिकतामा राख्ने बताए ।
उनले मेयर पदमा उम्मेदवारी घोषणा गर्दा फिल्मकर्मीका लागि गरेको बाचाका साथ मेयर शाहले फिल्म तथा नाटकको सम्वर्द्धन तथा प्रवर्द्धन गर्ने बताए । नीति तथा कार्यक्रममा महानगरको संस्कृति, सम्पदा, सभ्यता तथा पर्यटन प्रवर्द्धनका लागि निर्माण हुने फिल्म, नाटकजस्ता विधामा निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गर्ने उद्घोष गरे । उनको भनाईलाई चलचित्रकर्मीहरुले स्वागत गरेका छन् ।
