सुचना, समाचार र मनोरन्जन
safal cup

कुवेतको लुलु एक्सचेन्जबाट नेपालको ‘मेगा रेमीट’ मा पैसा पठाउन सकिने

पोखरा । मेगा बैंक नेपालले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनीबीच सोमबार रेमीट्यान्स कारोबारखसम्बन्धी सम्झौता भएको हो ।

लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।

Parichay

लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीहरुले नेपालको मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीहरुले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ ।

नेपालीहरुले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ । मेगा बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने व्यवस्था मिलाइसकेको छ ।

Comments
Loading...