सुचना, समाचार र मनोरन्जन

पोखराको रुपा गाउँपालिकाबाट अवैध काठ बरामद

पोखरा ।

रूपा गाउँपालिकावडा नं.–७ मा रहेको दाङ्सीमराङ सामुदायिक वनबाट अवैध रूपमा तस्करी गर्न तयार पारिएकासाल, सल्ला, उत्तीस लगायतकाकाठ बरामदगरिएको छ ।

डिभिजन वन कार्यालय, कास्की र सब डिभिजन वनकार्यालय, रूपा गाउँपालिकाबाट खटिएको संयुक्त टोलीले उक्त काठ नियन्त्रणमा लिएको हो ।

अवैध रूपमा कटान गरी लुकाएर राखिएको अवस्थामा काठ बरामद गरिएको डिभिजन वनकार्यालय कास्कीले जानकारी दिएको छ ।

अनुगमन टोलीले सामुदायिकवन क्षेत्रबाट८३ क्युफिट र अर्पन काष्ठ उद्योगमा मेसिनबाट चिरेर तयार पारिएको अवस्थामा २५० क्युफिट काठ नियन्त्रणमा लिइएको हो ।

वनउपभोक्ता समितिकै पदाधिकारीको संलग्नतामा अवैध काठको तस्करीहुने गरेको पाइएको हो ।मादी नदीको खाल्टेस्थित बालुवा खानीबाट बालुवा ल्याउनका लागि बाटो बनाइएको र उक्त बाटोमा पर्ने रूखहरू अवैध रूपमा काटिएको स्थानीयले बताएका छन् ।

सो क्रममा वन उपभोक्ता समितिकी सचिव पवित्रा भट्टराईको घरनजिकै निजी जग्गामा लुकाइराखेको अवस्थामा समेत एक ट्रयाक्टर अवैध काठ फेला पारिएको थियो ।

वन उपभोक्ता समितिकै सहमतिमा उक्त काठ सचिवभट्टराईलाई उपलब्ध गराइएको कुरा खुल्नआएको छ । समितिका पदाधिकारी भने पहिरोले लडेका रूखहरू मात्र काटिएको जनाउँदै आएका छन्

तर पदाधिकारीहरू नै काठ कटान गरी लुकाउने काममा संलग्न भएको स्थानीयको आरोप छ ।

उपभोक्ता समितिले भूकम्पमा परेका घर निर्माणका लागि रूख काट्न अनुमतिनदिएको तर पदाधिकारी एवम् उनका निकटका ठेकेदारलाई भने रूख काट्नका लागि अनुमति दिँदै आएकोमा स्थानीयले आक्रोश व्यक्त गर्दै आएका छन् ।

सरकारले वैज्ञानिक वन व्यवस्थापनलगायतका योजनानिर्माण गर्नका लागि हाल काठ कटान र निकासी बन्द गरेको छ । यस्तो अवस्थामा समेत यसप्रकार काठको अवैध कटान गरिएकाले उनीहरूविरुद्ध मुद्दा दर्ता गरिने डिभिजन वनकार्यालय, कास्कीले जानकारी दिएको छ ।

स्मरणीय छ अर्पन फर्निचर र दाङ्सीमराङ वनउपभोक्ता समिति यसअघि पनिअवैध काठ तस्कर अभियोगमाकारबाहीमा परिसकेका छन् । यद्यपि विभिन्नबाहनामा काठ तस्करी गर्ने कार्य भने नरोकिएको स्थानीयहरू बताउँछन् ।

राजनीतिकपहुँच र शक्तिका आडमा यस प्रकारका तस्करी बढी हुने गरेको सरोकारवाला निकायका अधिकारीहरू बताउँछन् ।

कमेन्ट्स
Loading...