सुचना, समाचार र मनोरन्जन

नाटक गर्दागर्दै करेन्ट लागेर बेहोस भएको थिएँ , त्यो क्षण कहिलै भुल्दिनँ

काठमाडौ । नेपाली फिल्मको इतिहास बोकेकी नेपाली हास्यजगतकी सम्राट हुन् बसुन्धरा भुषाल । २०१४ सालबाट नाटक क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री भुषालले सयौ नाटक तथा फिल्ममा अभिनय गरेकी छन् । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’बाट नै अभिनय यात्रा थालेकी भुषालले दुइ समय भन्दा बढि नेपाली फिल्ममा अभिनय गरेकी छन् ।

२०२१ सालमा बनेको फिल्म ‘आमा’ बाट रंगीन पर्दामा अभिनय यात्रामा थालेकी बसुन्धराले दर्जनौ टेलिफिल्ममा काम गरेकी छन् । उनी अभिनयका साथै क्लासिक भरत नाट्य,मणिपुरी डान्सका साथै भैलुङ बजाउन सिपालु छिन् । उनलाई अरु हँसाउन खुब मन पर्ने भएको हुँदा सानैबाट चन्चली स्वभावकी थिइन् ।

त्यस कारण हरेक फिल्ममा उनलाई कमेडी भुमिकामा देखिने गरेकी छन् । हास्यरसमा अभिनय गर्न रुचाउँने बसुन्धराका फिल्मा नाम पनि उस्तै राखिएका हुँन्थेँ । दर्शकले उनको ओर्जिनल नाम भन्दा पनि उपनामले बढि चिन्ने गरेका छन् । उनै हास्यसम्राट बसुन्धरासँग भोला अधिकारीले गरेको छोटो कुराकानी :

अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले घरमा नै व्यस्त छु । कोरोनाको त्रास बढिरहेको पनि छ । केहि कार्यक्रमहरुमा पनि सहभागी हुँदै आएको छु । फिल्ममा पनि कुरा भइरहेको छ ।
भनेपछि घरायसी काममा नै व्यस्त हुनुहुन्छ ?
हजुर अहिले घरमा नै व्यस्त छु । मेरो आफन्त एकजना विरामी भएर बाहिर कतै जान पाएको छैन ।
फिल्ममा काम गर्ने सोच बनाउनुभएको छैन ?
अहिले कोरोनाको समय छ । फिल्ममा नै काम गर्दागर्दा यतिका वर्ष वित्यो । आफ्नो काम नै फिल्म ,टेलिफिल्ममा अभिनय गर्ने त हो । गरिहाल्छु नि ।
अभिनय यात्रामा लाग्नुभएको ६ दशक भइसकेको छ । विगतलाई कसरी सम्झिनुहुन्छ ?

मैले ति दिनहरु सम्झेर के सम्झि सक्नु छर ? कति छन् कति । म सानैबाट नाच्न, अभिनय गर्न रुचाउने मान्छे । यो कुरा घर परिवारलाई राम्रो लाग्दैन थियो । बुवा आमा र छरछिमेकीले हेलाँ गर्थे । घरकाले अव एउटा छोरी थिइँ बिग्री भन्थेँ। मेरो कानले त के सम्म पनि सुनेको छ भने एउटा अण्डा फुट्यो भन्नेसम्मका कुरा गर्नुभएको थियो । जुन मेरो कानले सुनेको थियो । यतिसम्म मैले दुख भोगेकी कुरै छैन । घरबाट हेलितँ भए । छरछिमेकीबाट चिरस्कृत भए । अहिले ति दिन सम्झिँदा नराम्रो लाग्छ । बुवाले के भन्नुभएको होला ।
त्यस्तो भन्दा अभिनय , नाच छोड्छु भन्ने लागेन ?
मलाई कहिलै पनि त्यस्तो लागेन । किनभने मलाई यसैमा रुचि थियो । छोडेको भए अहिले मलाई कसले चिन्थ्यो । म ठिक ठाउँमा थिए । रिहर्सल गर्दा म एकजना भएको भए पो म बिग्रिन्थेँ या नासिन्थेँ होला । त्यत्रा मान्छेहरु भएको ठाउँमा नचाइदो केहि हुँदैन थियो । भोली मेरो भविष्य यसैमा छ भनेर लागिरहे । त्यहि भएर त आज सबैले मलाई चिन्नु हुन्छ । त्यो बेला नै छोडेको भए आज यो स्थानमा हुन्थेँ होला र ?

छोरी मान्छेलाई त्यो समयमा हेर्ने दृष्टिकोण निकै फरक रैछ । अहिले महिला हास्यकलाकार निकै दर्शकमाझ आइसक्नुभएको छ ? यसलाई कसरी लिनुहुन्छ ?

यो त खुसीको कुरा हो नि । त्यो बेला छोरा मान्छेलाई त हेर्ने नजर गतिलो थिएन । झन् छोरी मान्छेलाई कसले राम्रो भन्थ्यो र ? यो त एकदम खुसीको कुरा हो ।
तपाई त विभिन्न थेँगोका कारण चर्चामा आउनुभयो है ?
कुनै फिल्ममा ‘ए राते’ आच्ची , त्यसपछि ए बाबै, भुन्टी, फुर्की, गौँथली ’ लगायत जस्ता थँेगोले चिनिएकी थिए । अहिले पनि कतिपयले यहि नामले मलाई चिन्नु हुन्छ ।
कस्तो लाग्छ तपाईलाई नाम भन्दा उपनामले चिनिदाँ ?
खुसी लाग्छ । यत्रो वर्ष मैले फिल्म क्षेत्रमा कमाएको सम्पती यहि नाम त हो । अरु के छ र हैन ।

अभियन गर्दाका कुनै त्यस्तो क्षण ,जुन तपाई विर्षनै सक्नुहुन्न?

धेरै घटनाहरु भएका छन् । एउटा घटना चाही म कहिलै विर्षन सक्दिन । ५ दशक अघि कै कुरा हो । राष्ट्रिय नाचघरमा ‘मसान’ नाटक मञ्चन भइरहेको बेला मलाई करेन्ट लागेको थियो । त्यो बेला म कसरी बाँचे भन्ने नै भएको थिए । यो नाटक जाडो महिनामा नै मञ्चन भएको थियो । नाटकमा सिद्धार्थराज जोशीका अलवा र शुभद्रा अधिकारीले अभिनय गरिरहेका थिए । शुभद्रा कान्छी दुलहीको भुमिकामा हुनुहुन्थ्यो भने म बसुन्धरा बागमती ।
घरमा काम गर्ने भएकाले सिद्धान्तले मलाई बागमती बागमती दुध लिएर आइज भन्ने सिन थियो । मैले दुध हिटरमा तताएको थिए । उताबाट दुध लिएर आइज भनिसके आफु करेन्ट लागेर भुइँमा ढलिसकेको थिए । म बेहोस भएको थाहा पाएर केहि मान्छेले मलाई वीर अस्पताल पुयाई सकेका थिए तर, नाटक खेल्नेहरुले थाहै पाएनछन् । यो क्षण म अहिले पनि झलझली सम्झन्छुँ ।

 

कमेन्ट्स
Loading...